काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन्। उनलाई खोटाङवाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
७५ वर्षीय राईले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए।
राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ। उनले आफैंद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक–पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।
शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएर अनुसन्धाान थालेको छ। राईलाई शुक्रबार नै अदालत उपस्थित गराएर अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।