काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार विरुद्धको कार्यक्रममा पार्टीको झण्डा नबोकी सहभागी हुन आफ्नो पार्टीका नेता/कार्यकर्तालाई आह्वान गरेका छन्।
सभापति लामिछानेले आफू शनिबार काठमाडौंको नारायणचौर (नक्साल)मा हुने कार्यक्रममा सहभागी हुन लागेको बताउँदै लामिछानेले देशभरका जुनसुकै ठाउँमा पनि हुने भ्रष्टाचार विरुद्धका कार्यक्रममा सहभागी भएर प्रहरीलाई धन्यवाद र थप हौसला दिन भनेका छन्।
भ्रष्टाचार देशको साझा दुस्मन भएको बताउँदै लामिछानेले आफू दलको नेता भएर नभइ सचेत नागरिकका रुपमा कार्यक्रममा सहभागी हुन लागेको बताएका छन्।
‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो। त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुदैछु। राम्रो काम जसले गरेपनि सघाउनु पर्छ। देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनु होला। भ्रष्टाचार विरुद्ध एक हौं। नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौं,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।