• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
रायमाझीबारे ओलीको बदलिएको बोली:

पहिले–‘फरार हुँदैनन्, एकदिनमै हाजिर हुन्छन्’, अहिले– ‘आत्मसमर्पण गर्नुस्!’ 

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २८, २०८०  १७:४२
1140x725

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदबारमा पुगेका थिए।

उक्त भेटपछि पत्रकारसँग कुरा गर्दै ओलीले रायमाझीको बचाउ गरे। ‘यो तानिएको हो कि तनाएको हो भनेर हामी अध्ययन गर्दैछौं। अध्ययन गरेपछि हामी आफ्नो धारणा बाहिर ल्याउँछौं।’ ओलीले रायमाझीको बचाउ गरेपछि पत्रकारले अनुसन्धानमा एमालेले सहयोग गर्छ? भन्दै प्रश्न गरे। त्यसको जवाफमा ओलीले भनेका थिए, ‘अवश्य, निर्दोष पर्नु हुँदैन। दोषी उम्किनु हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौं।’

साथै उनले भुटानी शरणार्थीको थर्ड कन्ट्री सेटलमेन्ट गर्ने कुरामा इनिसिएसन लिने मान्छे आफैं भएको दाबी गर्दै यो प्रक्रियाबारे जानकार रहेको बताए। उनले भने, ‘त्यसपछि अलि पछाडि सुन्नमा आयो, केही नक्कली शरणार्थी खडा गर्ने कोसिस हुँदैछ रे। अनि मैले त्यसबेला गृहमन्त्रीज्यूलाई बोलाएर भनेँ–यस्तो सुन्दैछु म, यस्तो बुझ्ने र रोक्ने। त्यसबेला अनुसन्धान विभागलाई पनि मैले बोलाएर यस्तो यस्तो कुरा सुन्दैछु–यसमा राम्ररी खोजीनीति गर्नु भनेको थिएँ।’

लगत्तै ओलीले चार वर्षअघि काटिएका चेक त्यो पनि काट्ने मान्छेसँगै रहेकाले आफ्ना सचिवलाई फसाउन षड्यन्त्र गरिएको हुनसक्ने बताए। उनले एउटा बहालवाला सांसद त्यो पनि उपप्रधानमन्त्री भइसकेको व्यक्तिलाई पक्राउ पुर्जी जारी गरेर बाटैबाट समाउन खोज्नु रहस्यपूर्ण रहेको बताए।

पक्राउ पुर्जी जारी भएको तथा के भएको हो भनेर रायमाझीसँग आफूले कुरा गरेको पनि ओलीले बताए। ‘पक्राउ पुर्जी जारी भएको कुरा सुन्छु नि। के भएको हो भनेर सोधेँ। तर उहाँले त्यस्तो केही होइन भनेर जवाफ दिनुभयो’, ओलीले भने। आफू काठमाडौं आउँदै गरेको र प्रहरी कार्यालय नै जाने खबर ओलीलाई रायमाझीले गरेका थिए। 

उसो त अर्घाखाँचीमा कार्यक्रम सकेर भैरहवा आइसकेपछि पनि रायमाझीले प्रहरीलाई नै खबर गरेर आफैं उपस्थित भएर अनुसन्धानमा सघाउने बताएका थिए। तर उनी सोही दिन रातिदेखि फरार छन्। ओलीले उपप्रधानमन्त्रीजस्तो मान्छे फरार नहुने दाबी गरेको भोलिपल्टदेखि नै रायमाझी सम्पर्कविहीन छन्।

बैशाख २१ गते सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटपछि उनले सञ्चारकर्मीसँग आफ्ना सचिव कतै नभाग्ने तर बाटैमा पक्राउ गर्न खोज्नु षड्यन्त्र भएको आक्रोश पोखेका थिए। त्यसको एक सातासम्म पनि सम्पर्कमा नआएपछि उनै ओलीले सचिव रायमाझीलाई आत्मसमर्पण गर्न अनुरोध गरेका छन्। 

पार्टी कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आरोप लागिसकेपछि अनुसन्धानमा सघाउनुपर्ने भन्दै एक साताभित्र आत्मसमर्पण गर्न अनुरोध गरेका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले यसअघि पार्टीले औपचारिक रुपमा विज्ञप्ति जारी गरेर निलम्बन गरेको र आत्मसर्मपण गर्नसमेत आग्रह गरेको भन्दै पुन: आफूले आग्रह गर्ने बताए। ‘नेकपा एमाले भ्रष्टाचार विरुद्ध लड्दै आएको दल हो। हाम्रै कतिपय साथीहरु, मन्त्रिपरिषद्‌मा रहेका साथीहरुका पनि धेरै कुरा आएका छन्,’ ओलीले भने, ‘सचिव टोपबहादुर रायमाझी फरार हुनु भएको छ। म उहाँलाई आत्मसर्मपण गरेर अनुसन्धानलाई सहयोग गर्न आग्रह गर्दछु।’

निर्दोषलाई फसाउने कार्य हुनसक्ने तर त्यसकाविरुद्ध एमाले लड्ने पनि उनले बताए। ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्नो पार्टीका सांसद टोपबहादुर रायमाझी बुधबार प्रहरीकहाँ हाजिर हुने भनिए पनि उनी नआएको बताएका छन्। २२ गतेदेखि सम्पर्कविहीन भएका रायमाझीबारे एमालेले २७ गतेमात्र निलम्बनको निर्णय गरेको थियो।

त्यसअघि बसेको सचिवालय बैठकले उनको बचाउ नै गरेको थियो। बुधबार नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि आरोपितलाई एमालेले बचाएको आरोप लाग्न थालेपछि निलम्बन गर्ने निर्णय गरेको थियो। लगत्तै उनलाई आत्मसर्मपणको अनुरोध पनि गरिएको थियो।

बिहीबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पुन: आत्मसर्मपणको आग्रह गर्दै किन उनी उपस्थित भएनन् भनि प्रश्न पनि गरे। उनले रायमाझी निकटले आफूलाई फोन गरेको जानकारी केन्द्रीय सदस्यलाई दिए। उनले यसो भनि रहँदा रायमाझी उनको सम्पर्कमै रहेको देखिन्छ।

Xtrem

Xtrem

‘मलाई उहाँनिकटका मानिसले फोन गरेका थिए के गर्ने भनेर,’ ओलीले भने,‘मैले प्रहरीकोमा हाजिर हुनुस् भनेको थिएँ। उहाँ हिजो प्रहरीकोमा आउने कुरा सरकारी स्रोतबाट पनि सुनेको थिएँ तर उहाँ आउनु भएनछ।’

ओलीले यसरी रायमाझीबारे बताइरहँदा प्रहरी भने उनको लोकेशनको खोजी र ७७ जिल्लामै सर्कुलरको अपडेट फलो गरिरहेको छ। प्रहरीले उनलाई बयानका लागि उपस्थित गराउन देशभरी आफ्नो संयन्त्र परिचालन गरे पनि सफलता पाउन सकेको छैन। तर, प्रमुख प्रतिपक्ष दलको नेताले सम्पर्कमा रहेको भनेर निर्धक्क भनिरहेका छन्।
 
‘आरोप लाग्दैमा कोही दोषी हुँदैन, तर पक्राउ पुर्जी जारी नै भइसकेपछि उहाँले कानुनी प्रक्रियालाई सहयोग गर्नुपर्छ,’ बैठकमा ओलीले भने, ‘हामीले उहाँलाई सचिवबाट यही कारण निलम्बन गरेका छौं।’

ओलीले यसरी आफ्ना नेता तथा कार्यकर्तालाई जानकारी दिइरहँदा रायमाझी प्रकरणमा एमालेमाथि झन प्रश्न उठ्ने देखिन्छ। आरोपितलाई बचाउन एमालेले हर सम्भव कोशिस गरिरहेको आरोप लाग्ने अवस्थालाई अन्त्य गर्न पार्टी नेतृत्वले रायमाझीलाई तत्काल प्रहरीको जिम्मा लगाउनुपर्ने वा प्रहरीको सम्पर्कमा आउन लगाउनुपर्ने देखिन्छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १७:४२
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
सम्बन्धित सामग्री
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई असोज १६ गते हुने महाधिवेशन उद्घाटनका लागि कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम... शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता विश्व मुटु दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्