काठमाडौं- नेकपा एमालेले वैशाख १० मा सम्पन्न तीन क्षेत्रको उपनिर्वाचनको समीक्षा गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको प्रतिवेदनमा एमालेले संख्यात्मक नभए पनि गुणात्मक हानि बेहोरेको उल्लेख छ।
उपनिर्वाचन भएका क्षेत्रहरुमा मंसिर ४ भन्दा मत घट्नु चिन्ताको विषय रहेको बताइएको छ। भनिएको छ, 'संख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि पार्टीको मतमा उल्लेखनीय मतको कमी आउनु चिन्ताको विषय हो।'
मंसिरमा सम्पन्न आम निर्वाचनको तुलनामा उपनिर्वाचनमा मत घट्नु र वर्तमान सत्ताको विकल्प एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर समीक्षाको विषय भएको बताइएको छ। यस विषयमा सम्बन्धित प्रदेश र क्षेत्रले समीक्षा गर्नुपर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।