काठमाडौं– फेसबुक म्यासेन्जरमा युवतीसँग अश्लिल भिडियो वार्ता गर्दै स्क्रिन रेकर्ड गरेर ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–६ घर भएका ३५ वर्षीय नरेन्द्र केसी छन्। उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले कीर्तिपुरबाट पक्राउ गरेको हो।
फेसबुक म्यासेन्जरमा युवतीलाई साथी बनाउने, भिडिओ कल गर्दै अश्लिल क्रियाकलाप गर्न लगाउने र त्यसको स्किृन रेकर्ड गर्दै ब्ल्याकमेलिङ गर्न थालेपछि केसीलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता तथा एसपी पशुपति रायले बताए।
अश्लिल क्रियाकलापको भिडिओ पीडित युवतीलाई नै पठाउँदै बार्गेनिङ गर्ने र आफूले भनेअनुसार नमाले उक्त भिडिओ युवतीका आफन्तलाई समेत पठाउने भन्दै ब्ल्याकमेलिङ गर्ने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका केसीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कसुर अन्तर्गत ७ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।