काठमाडौं- धादिङको गल्छी गाउँपालिका–८ निबुवा बोटेमा रहेको सानदार होटलका सञ्चालक निरज पण्डितले छुरा प्रहरी गरी ग्राहकको हत्या गरेका बताइएको छ ।
होटलमा खाजा खान आएका आफ्ना ग्राहकमाथि २८ वर्षीय निरजले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता धर्मजित थिङले घटना बुधबार बेलुका भएकाे बताए। घटना लगत्तै होटल सञ्चालकलाई पक्राउ गरिएको उनले बताए।
बुधबार बेलुका उक्त होटलमा खाजा खान भन्दै गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगर पुगेका थिए। खाजा खाएपछि पैसा तिर्ने बेला भनाभन भएको थियो। त्यसपछि निरजले छुरा प्रहार गरेको बुझिएको प्रहरीले जनाएको छ।
छुरा प्रहारपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो। तर अस्पतालले विनोदलाई मृत घोषणा गर्यो।
यो घटनामा प्रहरीले निरजकी आमासहित ६ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। यता विनोदको मृत्यु भएपछि आक्रोशित स्थानीयले गल्छी–त्रिशुली सडकखण्डमा प्रर्दशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।