काठमाडौं– गत १९ गते दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेकामध्ये थप एक जनाको शव फेला परेको छ।
बुधबार एक किशोरीको शव भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार योसँगै बेपत्ता पाँच जनाकै शव भेटिएको हो।
बुधबार भेटिएको शव डोटीको जोरायल गाउँपालिका-२ कि १५ वर्षिया क्षिमी सोमो थापाको रहेको छ।
सशस्त्र प्रहरी बल नं. ५० गुल्म छाङ्रुबाट सशस्त्र प्रहरी सहायक निरीक्षक केशब दत्त जोशीको कमाण्डमा गएको टोलिले उक्त शव फेला पारेको हो।
यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल उनको शव फेला परेको हो। अहिले शव निकाल्ने प्रयास भइरहेको छ भने थप मद्दतको लागि सो गुल्म बाट सशस्त्र प्रहरी नायब उपरीक्षक इश्वरी दत्त भट्टको टोली पनि त्यसतर्फ जाँदै गरेको थापाले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।