काठमाडौं– प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले नागरिकताविहीन मधेसी समुदायको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताबारे संसद्मा भएको छलफलमा सांसद श्रेष्ठले नागरिकता नभएकै कारण राज्यबाट प्रदान हुने सामाजिक सुरक्षा तथा अवसरबाट मधेसी समुदाय बञ्चित हुँदै गएको बताएका हुन्।
‘नागरिकता पाइसकेका बाबु–आमाका सन्तानले पनि नागरिकता पाएका छैनन्’, सांसद श्रेष्ठले भने,' मधेसी—दलित, मधेसी—आदिवासी नागरिकताबाट वञ्चित हुनेमा अग्रपंक्तिमा छन्। गरिकता विधेयक संसद्बाट पास भएपछिना गरिकताविहीनको अनुहारमा खुसी छाएको भए पनि राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन सकेन।’
मधेसका मूलवासीहरू नागरिकताबाट अझै बञ्चित रहेको भन्दै मूलवासीलाई भारतीय ठान्ने दुर्भाग्यपूर्ण सोच राज्यसत्तामा रहनेहरुले त्याग्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।