काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारले सम्पूर्ण राज्यसंयन्त्र र उच्च नेतृत्वलाई गाँजिरहेको बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछाहरू समेतलाई छानबिनमा तान्नु स्वागतयोग्य भएको बताएका छन्।
'अब कुनै पनि बहानामा यसलाई फासफुस पार्ने काम नहोस्! साथै आशंका गरिएका सबै ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन र कारबाही होस्', सामाजिक सञ्जालमा उनले लेखेका छन्।
प्रहरीले बुधबार मात्रै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उनकै निवासबाट पक्राउ गरेको छ। पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको नाममा पक्राउ पुर्जी जारी भएको छ। उनी भने सम्पर्कविहीन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।