काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकसँग पैसा उठाएर ठगी गरेको प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले अदालतमा उपस्थित गराउन लागेको छ।
खाणलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट जिल्ला अदालत काठमाडौंतर्फ लगिएको छ।
बुधबार बिहान पक्राउ परेका खाणमाथि थप अनुसन्धानका लागि अनुमति लिन प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो।
प्रहरीले खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि बुधबार पक्राउ गरेको थियो। प्रहरीले खाणविरुद्ध ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाइने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।