काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक जारी छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेका छन्। एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ।
उक्त प्रकरणमा नेताहरु तानिन थालेपछि शीर्ष तहको भेटघाट र छलफल बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।