काठमाडौं- जसपाका सांसद उपेन्द्र यादव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य भएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकले उनलाई नामलाई स्वीकृत गरेको छ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७७ बमोजिम यादवको नाम सो समितिमा मनोनित गर्न सभाको स्वीकृतिको लागि प्रस्ताव गरेका थिए।
यादव जसपाका अध्यक्ष समेत हुन्। मंसिर ४ को निर्वाचनमा सप्तरी- २ बाट पराजित भएका उनी वैशाख १० को उपनिर्वाचनमा भने बारा- २ बाट विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।