काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष एवं सांसद रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा सरकारलाई धन्यवाद दिएका छन्। पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेसँगै लामिछानेले सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद ज्ञापन गरेका हुन्।
लामिछानेले लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू। यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’
यसअघि उनले शीर्ष नेताहरुको तीव्र भेटघाटमा फरार (गराइएका) अझै सम्पर्कविहीन, नाम आएकाहरुमाथिको अनुसन्धान फितलो भएको भन्दै टिप्पणी गरेका थिए। उनले अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको जगजाहेर तान्डवलाई छोड्यो भने रास्वपा हेरेर नबस्ने भन्दै खबरदारी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।