काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरण छानबिनमा राजनीतिक दबाब दिन नहुने बताएका छन्।
कोइरालाले भ्रष्टाचारमा दोषी देखिएकाहरूलाई कारबाही गर्नुपर्ने भन्दै उनले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताए।
विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले भ्रष्टाचारमा 'इफ र बट' को कुरै नहुने बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै उनले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने पनि बताए।
यो प्रकरणमा बुधबार कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण तथा उनका निजी सचिव पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।