काठमाडौं– भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर ठगी गरेको प्रकरणमा संसद्मा आवाज उठाउन नपाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकमा विरोध जनाएको छ।
बुधबार प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए। बाहिर भ्रष्टाचारका विषयमा हल्ला भइरहेको, तर संसद्मा आफूहरुले आवाज राख्न नपाएको भन्दै उठेर विरोध जनाएका थिए।
राप्रपाका अध्यक्ष एवम् संसदीय दलका नेता राजेन्द्र लिङ्देनले आफूहरुले बोल्न खोजेको र भ्रष्टाचारकै विषयमा कुरा राखेर छलफल गर्न खोजेको भन्दै समय मागेका थिए। उनले समय माग गरिरहँदा सभामुख देवराज घिमिरेले भने समय दिन इन्कारी गरे।
सभामुख घिमिरेले निर्धारित कार्यसूची भएको भन्दै यो विषयमा छलफल त गर्न सकिने, तर निर्धारित कार्यसूचीमा अघि बढ्नुपर्ने रहेको बताए। प्रि–बजेटमाथि छलफलमा अन्य कुरा नराख्ने सहमति भएको भन्दै सभामुखले ध्यानाकर्षण समेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।