काठमाडौं- सरकारले एकै पटक ४४ जना सहसचिवको पदस्थापन, सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
हाल सामान्य प्रशासन मन्त्रालयमा रहेका सहसचिव अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। यस्तै सामान्य प्रशासनकै सहसचित भरत खनाललाई सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरिएको छ।
बैठकले बागमती प्रदेशको सचिवमा श्रीराम लुइटेललाई पठाएको छ। बागमतीका स्वास्थ्य सचिव बद्रीबहादुर खड्का थिए। सरकारले उनको स्थानमा लुइटेललाई कामकाज गर्न खटाएको हो।
यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा जनार्दन पन्थीलाई पठाउने निर्णय भएको छ। सरकारले डा विनोदकुमार गिरीको जिम्मेवारी फेर्दै पन्थीलाई पठाउने निर्णय गरेको हो।
यसैगरी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव समेत फेरिएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा भोजराज काफ्लेलाई पठाउने निर्णय भएको छ। उनी यसअघि चिकित्सा शिक्षा आयोगको सदस्यसचिव थिए। यस्तै सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सचिवमा ज्ञान प्रसाद ढकाललाई कामकाज गर्न पठाउने निर्णय गरेको छ।
यसैगरी, वीर अस्पतालमा रामप्रसाद पाण्डेलाई सरुवा गरेको छ। उनी यसअघि लुम्बिनीको मुख्य मन्त्री कार्यालयको सचिव थिए।
यस्तो छ सूची:



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।