काठमाडौं- १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विक छन्। उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विकले ती बालिकालाई धाक-धम्की देखाई वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका पुरुषविरुद्ध जबरजस्ती करणीको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।