काठमाडौं– नेकपा एमालेकी सांसद उर्मिला थेवेले ताप्लेजुङ्गमा रहेको पाथीभरा मन्दिर जाने बाटो तत्काल कालोपत्र गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बाल्दै सांसद थेवेले उक्त माग गरेकी हुन्।
‘ताप्लेजुङ्ग जिल्लामा रहेको पाथीभरा मन्दिर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चित छ। त्यहाँ बाह्रै महिना पर्यटकको ओहिरो लाग्ने गरेको छ। तर फुङ्लिङ–सुकेटार हुँदै पाथीभरा मन्दिर जाने ११ किमी सडक ठेक्का भएर पनि कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ,’ सांसद थेवेले भनिन्, ‘उक्त बाटो तत्काल कालोपत्रे गर्न सरकारसँग माग गर्छु।’
यस्तै, सांसद थेवेले ताप्लेजुङ्ग र पाँचथरको सिमनामा पर्ने तमोर खोलाका लुम्बीनी पुल ठेक्का प्रक्रियामा गए पनि काम अघि नबढेकोले उक्त प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।