काठमाडौं- नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बनेका रमेशजंग रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको 'झट्केलो छोरो' को संज्ञा दिएका छन्। आइतबारको राष्ट्रिय सभामा उक्त भनाइ राखेपछि नेकपा एमालेले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेको छ।
सोमबार एमाले सांसद् भैरवसुन्दर श्रेष्ठले राष्ट्रिय सभामा त्यस्तो शब्द प्रयोग उचित नरहेको उल्लेख गर्दै हटाउन माग गरे। रायमाझीले भनेका थिए, 'पूर्व प्रधानमन्त्री (ओली) टोपबहादुर जोगाउन सक्रिय हुनुभयो। उनको माया लागेर त होइन होला, उहाँ त झट्केलो छोरो हो। आफ्नै छोराछोरी हुँदाहुँदै झट्केलोलाई माया गर्ने हाम्रो परम्परा छैन। त्यसमा अरु पनि केही छ।'
रायमाझी माओवादीको नेता रहेको र फेरि पनि भर नभएकाले ओलीले उनलाई माया गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नभेटेको उनको आसय थियो। उक्त मुद्दामा अन्य केही हुनसक्ने आशंका उनले गरेका थिए। आइतरबारसम्म एमाले सचिव रायमाझी मात्रै जोडिएका थिए, तर सोमबारदेखि कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणसमेत जोडिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।