• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मदिरा र सूर्तिजन्य पदार्थमा कर वृद्धि गर्ने स्वास्थ्य मन्त्रालय  तयारी

64x64
डिबी खड्का आइतबार, वैशाख २४, २०८०  १७:४०
1140x725

काठमाडौं- स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मदिरा र सूर्तिजन्य पदार्थमा कर वृद्धि गर्ने तयारी गरेका छन्।आइतबार मन्त्रालय अन्तर्गतका कर्मचारीलाई निर्देशन दिने क्रममा त्यसका लागि तयारी गर्न समेत भनेका हुन्। 

स्वास्थ्यमा हानीकारक पदार्थबाट कर उठाएर अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन प्रस्ताव उनले गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष उक्त प्रस्ताव लैजाने तयारी आफ्नो रहेको उनको भनाइ छ।  निर्देशनका क्रममा उनको भनाइ थियो,  'सुर्तीजन्य पदार्थको कर बढाउने र मदिरा कर बढाउने तयारी गरौं। त्यसबाट पैसा लिएर  वीर अस्पताल,  प्रादेशिक अस्पताल  र जिल्ला अस्पतालमा सेवा लागि पैसा दिन सकिन्छ।'

आफ्नो कारणले काम गर्न अप्ठ्यारो नपर्ने बताउँदै बस्नेतले नियमित कामका साथै रचनात्मक ढंगले सोच्न समेत कर्मचारीलाई निर्देशन दिएका छन्।

आइतबार मन्त्रामलयमा आयोजित  कार्यक्रममा उनले आफू यसअघि ११ महिना स्वास्थ्य राज्यमन्त्री भएर काम गरेको अनुभव रहेको उल्लेख गर्दै यसपल्ट राम्रो काम गरेरै छाड्ने अठोटसहित आएको बताए। उनले बजेट,  कर्मचारी परिचालन, सरुवा-बढुवा, विदेश भ्रमण र स्वास्थ्य सेवा प्रवाहलाई बुँदागत रुपमा कर्मचारीहरुमाझ राखेका छन्। 

स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार रहेको बताउँदै यो क्षेत्रमा काम गर्नैपर्ने दबाब सरकारमाथि रहेको उनको भनाइ थियो। स्वास्थ्य बीमामा समस्या रहेको, सरकारी अस्पतालमा लामो लाइन रहेको र अन्य विविध समस्या रहेको बताउँदै त्यो समाधानमा आफ्नो पहल हुने उल्लेख गरे। 

बजेट घट्ने संकेत 

स्वास्थ्य मन्त्री बस्नेतले यसपल्ट बजेट कटौती भएर आउने संकेत पाएको बताएका छन्। समग्र बजेट १० देखि १२ प्रतिशतले घट्ने आफूले जानकारी पाएको बताए। त्यसमा पनि स्वास्थ्य मन्त्रालयको ४० देखि ४८ प्रतिशत कटौती हुन सक्ने उल्लेख गरे। आफू त्यसो हुन नदिनेगरी लागिपरेको बताउँदै कर्मचारीहरुलाई पनि त्यही अनुसार बजेट बनाएर लबिङ गर्न निर्देशन दिए।  उनले भने,  'हामीले थप कार्ययोजना बनाएर  काम गर्नुपर्छ। कोभिड १९ अझै हटिसकेको छैन। अन्य समस्या छन्। ती सबै व्यवस्थापन गर्नपर्नेछ।'

स्वास्थ्य सामग्रीको रेकर्ड ७ दिनमा 

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पताल र अन्य शाखामा रहेका मेडिकल उपकरणको रेकर्ड मन्त्री बस्नेतले मागेका छन्। आफू मन्त्री भएर आउनेबित्तिकै उक्त रेकर्ड मागेको बताउँदै आगामी ७ दिनभित्र पाउने अपेक्षा व्यक्त गरे। यस बीचमा दुई दिन बिदा रहेकाले काम अघि बढ्न नसकेको भएमा आइतबारदेखि सबैतिर पत्र लेखेर रेकर्ड माग्न सम्बन्धित शाखालाई निर्देशन दिएको उनले बताए।  

विदेश भ्रमण आलोपालो   
स्वास्थ्य मन्त्रालयको माथिल्लो तहमा हुने कर्मचारीहरु धेरै विदेश भ्रमण गर्ने विषयमा पनि उनले आफ्नो धारणा राखेका छन्। शक्तिलशाली ठाउँमा रहेकाहरु एक महिनामा दुईपल्ट विदेश गएको समेत आफू स्वास्थ्य राज्यमन्त्री हुँदा जानकारी पाएको उनले बताए। उनले अनुभव सुनाउँदै भने,  'एकपल्ट मकहाँ एकजना कर्मचारी एकै महिनामा दुईचोटी विदेश भ्रमण आदेश लिएर आउनुभयो। उहाँलाई मैले अरु जाँदा हुन्छ कि भनेर सोधेको थिएँ। जान पनि मिल्ने रहेछ। उहाँ त्यो देश गइसक्नुभएको रहेछ। त्यस्तो अवस्थामा अर्कोलाई मौका दिउँ। नयाँको क्षमतावृद्धिका लागि पनि सघाउँ।' सुविधा सम्पन्न ठाउँमा बस्ने भ्रमणमा परेको पर्यैा हुने तर दुर्गममा रहनेहरु अवसर नपाउने अवस्था रहेकाले त्यतातिर ध्यान दिन निर्देशन दिएका छन्। 

आफ्ना कारण काम नरोकिने दाबी
मन्त्री बस्नेतले मन्त्रालय कुनैपनि काम आफूले कुरा नबुझेर, आफ्नो समय नभएर वा आफ्नो स्वार्थका कारण नरोकिने दाबी गरेका छन्। उनले मन्त्रालयको कामका लागि आफूले जुनसुकै बेला समय दिन सक्ने बताए। राज्यमन्त्री हुँदा आफूले बिहान ७ देखि बेलुकी ९ बजेसम्मे समय दिएको समेत उल्लेख गरे। 

उनले आफू जनता र मुलुकको फाइदाका लागि सक्रिय हुने बताउँदै आवश्यक परेका बेला कर्मचारीले समय लिएर भेट्न सक्ने स्पष्ट पारेका छन्। आफू अपराह्न ४ बजे भन्दा अघि मन्त्रालय अन्तर्गतकै मान्छेहरुसँग मात्रै भेट्ने बताए। त्यसपछि मात्रै अन्यका लागि समय छुट्याइने बताए।

Xtrem

Xtrem

सुझाव कार्यान्वयन गर्ने वाचा
आफूसँग स्वाास्थ्य मन्त्रालय चलाउने बुद्धि भएको बताउँदै कर्मचारीहरुसँग बुद्धिका साथै अनुभव समेत रहेको बताए। त्यसैले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन रचनात्मक सुझाव समेत आफूले अपेक्षा गरेको बताए। सबैको बुद्धि र अनुभव प्रयोग गरेर काम गर्नुपर्ने बताए। आफू अझै २० वर्ष राजनीतिमा सक्रिय हुनेगरी अघि बढेको बताउँदै सकेसम्म राम्रो गर्न चाहेको उल्लेख गरे। 

चिकित्सकको शुल्कमा चासो   
जेठ १ गतेबाट लागु हुने गरी निजी अस्पतालहरुले ओपीडी सेवा शुल्क बढाएका छन्। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)को बैठकले डाक्टरहरुको परामर्श ओपिडी सेवा शुल्क बढाउने निर्णय गरेका हुन्। उक्त निर्णयलाई लिएर मन्त्री बस्नेत असन्तुष्ट देखिएका छन्। आफूले १२ सयसम्म ओपिडी शुल्क लिने निर्णय भएको जानकारी पाएको बताउँदै नियमन गर्नुपर्ने बताए। शुल्क लिने निर्णय मन्त्रालयबाहिर हुने गरेको प्रति असन्तुष्टि जनाउँदै उनले भने,  'शुल्कको सिलिङ कसले तोक्ने हो? नियमन कसले गर्ने को? यसको लगाम मन्त्रालयसँग हुनुपर्छ। बिरामी र डाक्टर दुवैलाई मर्का नपर्नेगरी शुल्क तोक्नेगरी समन्वय गर्ने तयारी  गर्नुहोस्।'

जनशक्तिबारे स्पष्ट
स्वास्थ्य मन्त्रालयले सेवा दिन जनशक्ति पनि पर्याप्त हुनुपर्नेमा आफू जानकार रहेको उनले बताए। त्यसका लागि मन्त्रालयले अध्ययन गरेर स्पष्ट तथ्यांक दिनुपर्ने उल्लेख गरे। उनले त्योा तथ्यांक बनाउँदा सम्बन्धित ठाउँ सकारात्मक बनाउनुपर्ने बताए। उनले उदाहरण दिए,  'यति चाहियो मात्र भनेर हुँदैन। किन चाहियो? त्योबेला कति जनसंख्या थियो, कर्मचारी कति थिए? अहिले जनसंख्या कति छ र कर्मचारी कति छन्? त्यसको अनुपातमा कति कम भयो? प्रष्ट हुनुपर्छ। त्यसरी वकालत गर्न पाएँ भने नतिजा राम्रो आउँछ।'

समयानुकुल नीति
मन्त्री बस्नेतले मन्त्रालयले समयानुकुल नीति बनाउन चुक्न नहुने बताए। नीति तथा योजना महाशाखाको सक्रियताको अपेक्षा गर्दै त्यसतर्फ ध्यान दिन निर्देशन दिए। उनले भने,  'नीतिगत अवस्था के छ? के गुनासो आइरहेका छन्? सम्बोधन गर्नुपर्ने के छ? यसलाई ध्यान दिएर नीति बनाउँ।'

समस्या समाधानका लागि पहल 
अहिले स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरुले तलब नपाएको गुनासो आइरहेको बताउँदै असन्तुष्टि जनाए। मन्त्रालयकै कारण भन्दा पनि विभिन्न व्यक्ति र स्थानीय तहका कारण समस्या आइरहेको आफूले बुझेको बताए। उनले भने,  'समस्या अनेक कारणले भएका रहेका छन्। एक मजस्तै फेरिरहने मन्त्रीज्यूले आफ्नालाई भर्ती गर्दै जाने समस्या रहेछ। अर्को स्थानीय तहबाट तलब भुक्तानी हुनेगरी संघ अन्तर्गत आएकाहरुको रहेछ। यी समस्याको समाधान हुनुपर्छ। त्यसका लागि स्पष्ट रुपमा त्यसबार तथ्यांक संकलन हुन जरुरी छ।'

ढाँट्नेहरु सावधान
मन्त्री बस्नेतले झन्डै डेढ घन्टा निर्देशन दिए। निर्देशनको समयावधिभरी कर्मचारीका पक्षमा कुरा गरे। कर्मचारीलाई उत्साहित बनाउने प्रयास गरे। अन्तिमतिर भने सजग गराउन खोजे। आफू सूचना लिन माहिर रहेको बताउँदै ढाँट्नेहरुलाई सावधान गराए। उनले अलर्ट गराउँदै भने,  'म सुराकी गर्न जान्दछु। सूचना मिलेन भने ठीक हुन्न।'
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी पसेपछि १६५ घरपरिवार उच्च जोखिममा परेका छन्। शुक्रबारदेखि थारु टोलबाट बस्... शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन्। मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कर्णाली... शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित लगातारको वर्षाका कारण रुख ढल्दा सुर्खेतको वीरेन्द्रनगर–सुब्बाकुना–रामघाट ३३ केभी विद्युत् लाइनमा क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने शनिबार, असोज १०, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्