काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महत बोल्दाबोल्दै त्यस विषयमा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले प्रतिक्रिया जनाएकी छिन्। ट्विटरमार्फत उनले आफ्नो छोटो टिप्पणी राखेकी हुन्।
डा महतले आर्थिक वर्ष २०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (करबाहेक) प्रस्तुत गर्दैछन्। उनले प्रस्तुत गरेको विधेयकमा उनको प्रतिक्रिया छ, 'बजेटको प्रथम भाषण गज्जब, जार्गन फिल्ड- च्याट जीपीटीले लेखेको हो कि क्या हो?'
आइतबारबाट बजेट अधिवेशन सुरु भएको छ। उक्त विधेयकमा छलफल गर्न तीन दिन तोकिएको छ। सभामुख घिमिरेले २५, २६ र २७ गते छलफल हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।