काठमाडौं- प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणाले आफूमाथि अनेक लान्छना लगाइने गरेको भन्दै गुनासो गरेकी छिन्। प्रतिनिधि सभामा बोल्दै उनले आफू नभएको दिनमा समेत संसद्मा आफ्ना नाम इंगित गरेर प्रश्न उठेको बताइन्।
उनले गुनासो गरिन्, 'नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदो रहेनछ। ''मिसोजनी भन्ने एउटा शब्दावली छ। जसको अर्थ हुन्छ- पुरुषले भनेको ठाउँमा मात्रै नारी बस्नुपर्ने हुन्छ। पब्लिक लाइफमा आएपछि पुरुषलाई असह्य हुने गर्छ। जसले जति क्रिटिसाइज गरेपनि बिराएको छैन, डराउँदिनँ।'
भ्रष्टाचारका विषयमा आफ्नो प्रश्न रहेको बताइन्। उनले सबैको सम्पत्ति विवरण स्रोतसहित सार्वजनिक गर्न चुनौती दिइन्, 'मेरो श्रीमान् पटकपटक प्रधानमन्त्री भइसक्नुभएको छ। हाम्रो सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ। सबैको प्रकाशित होस्। कसको बढ्यो? के स्रोत हो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।