काठमाडौं- नेकपा एमालेका सांसद सूर्य थापाले नक्कली भुटानी शरणार्थीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कसले दबाब दियो भनी प्रश्न गरेका छन्। उनले उक्त दबाब सार्वजनिक गर्न माग समेत गरेका छन्।
आइतबार संसदको विशेष समयमा बोल्दै थापाले क्यान्टोनमेन्टको भ्रष्टाचार र कमानसिंह लामा प्रकरणबारे पनि आफूले फिल्म हेर्न चाहेको बताए।
‘टेलिभिजनमा प्रधानमन्त्रीले भुटानी शरणार्थीको छानबिनमा दबाब छ, तर म दबाब स्वीकार गर्दिनँ भन्नुभएको सुनें,’ उनले भने, ‘दबाब कोसँग हो। उहाँलाई त्यो खुलाउन सभामुखलाई समय दिन माग गर्दछु।’
उनले आफूलाई जनताले जिताएर पठाएकोले उनीहरुको आवाज उठाएको भन्दै क्यान्नटोमेन्टमा भएको भ्रष्टाचारको फिलिम हेर्न चाहेको बताए। ‘कोही पनि नक्कली भुटानी बनेर जान चाहाने व्यक्ति अपराधी हो,’ उनले भने, ‘त्यसमा रुवाबासी नगरौं। जोजो सुंलग्न छन्, नछाडौं, निर्दोषलाई नफसाइयोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।