काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नामसमेत जोडिएको बताउँदै रामहरि खतिवडाले बचाउ गरेका छन्। आफू दोषीलाई कानुनअनुसार सजाय भोग्न तयार हुनुपर्ने पक्षमा रहेको बताएका छन्।
आइतबार संसदमा उनले भने, 'मेरो नाम राखेर पूर्वप्रधानमन्त्रीको नाम जोडेर फलानाको पनि छानबिन हुनुपर्छ अनुरोध गरेको पाएँ। यदि त्यस्तो देखिए म सजाय भोग्नुका साथै राजनीति जीवनबाट बाहिरिन तयार छु। भ्रष्टाचारीलाई लुकाउनेलाई के कारबाही हुन्छ?'
उनले दोषीलाई उम्काउन प्रधानमन्त्रीकोमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेको समेत आरोप लगाए। त्यसका लागि विषयान्तर गरिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।