काठमाडौं- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारले विश्वासको मत लिनुपर्ने बताएका हुन्।
'प्रधानमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएकाले सरकारले विश्वासको मत लिनुपर्छ', उनले भने।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी भएको सन्दर्भमा सार्वजनिक समाचारहरु उल्लेख गर्दै उनले सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।