काठमाडौं - अन्तर्राष्ट्रिय बालबालिका दिवसमा तीन सय किशोरीले एकैपटक बहस कार्यक्रम सञ्चालन गर्ने भएका छन्।
अक्टोबर ११ मा मनाइने अन्तर्राष्ट्रिय बालबालिका दिवसको अवसरमा कहिल्यै रेडियोमा काम नगरेका तीन सय किशोरीले आफ्ना हक-अधिकारबारे बहस गर्ने भएका हुन् । प्लान नेपाल इन्टरनेसनलको सहयोग र सामुदायिक रेडियो प्रसारक संघको संयोजनमा तीन सय रेडियोबाट बहसमूलक कार्यक्रम सञ्चालन हुनेछ।
प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले न्याय र समानता प्रवर्द्धनका लागि किशोरीहरुमार्फत बहस गराउन लागिएको बताए।
'तीन सय किशोरीबाट न्याय र समानताबारे जनचेतना फैलाउन र उनीहरुको अधिकारबारे चेतना जोगाउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो', स्भेनले भने।
कार्यक्रम सञ्चालन गर्नुअघि उनीहरुलाई अभिमुखीकरण गरिनेछ । असोज २५ गते अन्तर्राष्ट्रिय बालबालिका दिवसको दिन उनीहरुले नीति निर्माता, जनप्रतिनिधि, सरकारी अधिकारी र अधिकारकर्मीसँग बहस गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।