काठमाडौं– नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच शपथ लिएका हुन्।
आचार्यलाई आइतबार मन्त्री नियुक्त गरिएको थियो। उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाइएपछि त्यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
आचार्यलाई मन्त्री बनाइएसँग मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट मात्रै ९ जना मन्त्री भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।