काठमाडौं– प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। सिंहदरबारमा जारी बैठकमा ई–हाजिरी समेत अजेन्डामा रहेको छ।
प्रतिनिधि सभाको नयाँ कार्यकालको दोस्रो अधिवेशन आइतबारदेखि सुरु हुँदेछ। बजेट अधिवेशन सुरु हुनुअघि बसेको बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्नेहरुको नामावली, मुलुकी संहिता सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफलका सम्बन्धमा समेत छलफल हुनेछ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर नियमावली, बस्ने क्रम निर्धारण र ईहाजिरीको विषयमा पनि छलफल हुने जनाइएको छ।
उपस्थितिलाई वेबसाइटमार्फत् सार्वजनिक गर्ने व्यवस्थाका विषय समेत अजेन्डामा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।