काठमाडौं– शनिबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्रीले फेरि संसद्बाट विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादीका प्रमुख सचेतक हीतराज पाण्डेले विश्वासको मत लिनु आवश्यक नरहेको निष्कर्ष निकालिएको बताए।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने चर्चा सुरु भएको थियो।
तर सरकारसँग स्पष्ट बहुमत भएका कारण तत्काल विश्वासको मत लिन आवश्यक नभएको बैठकमा निष्कर्ष निकालिएको हो। यस्तै बैठकमा आइतबारदेखि सुरु हुन लागेको संसद्लाई कसरी अघि बढाउने र प्रधानन्यायाधीश नियुक्तिका विषयमा पनि छलफल भएको पाण्डेले बताए।
यस्तै गठबन्धनको बैठकमा संसद्मा आइतबार प्रस्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथिमकताका बारेमा पनि छलफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।