• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भ्रष्टाचारविरुद्ध शीर्ष नेताको ओठे प्रतिबद्धता, तर आफ्नालाई बचाउन तीव्र कसरत

64x64
नेपाल लाइभ शनिबार, वैशाख २३, २०८०  १९:२४
1140x725

प्रधानमन्त्री प्रचण्ड । २०८० वैशाख २२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार (वैशाख २२) गते बालुवाटारमा राखेको माओवादी केन्द्रको पदाधिकारीहरुको बैठकलाई सम्बोधन गर्दै नक्कली शरणार्थी प्रकरणमा आफू पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे। ‘भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि छोडिँदैन’, उनको भनाइ थियो, ‘नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्न जो कोहीलाई पनि सरकारले छोड्दैन।’

प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले अधिकतम पहल गर्ने दाबी गरे। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय उठेपछि उनले उल्लेखित जवाफ दिएर थुम्थुमाए।

प्रधानमन्त्री प्रचण्ड । २०८० वैशाख १८
अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौंको राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारको छानबिनका लागि छुट्टै आयोग गठन गरिने र त्यसको तयारी भइरहेको बताए। ‘हामीले पार्टीको घोषणापत्रमा नै प्रतिबद्धता व्यक्त गरेका छौं कि २०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानबिन गरिनेछ। हामी आयोग बनाउने तयारीमै छौं', उनले भने, ‘मैले वर्तमान सरकारका तीन प्राथमिकता भनेको छु- सामाजिक न्याय, सुशासन र समृद्धि। सुशासनको लक्ष्य हासिल गर्न आयोग बनाएर काम गर्छौं।’

सबैभन्दा ठूला भ्रष्टाचारीले भ्रष्टाचारीको छानबिन गर्नुपर्‍यो भन्ने गरेको भन्दै प्रचडले आश्चर्य प्रकट गरेका थिए। उनको संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ थियो। ‘सबैभन्दा ठूला भ्रष्टाचारीहरू नै भ्रष्टाचारको छानबिन हुनुपर्‍यो भन्दै तमासा गरेको देख्दा अनौठो लाग्छ। तिनीहरू जनतालाई भ्रम पार्न यसरी प्रस्तुत भइरहेका छन्’, उनको भनाइ थियो, ‘हामी तिनीहरूको भ्रममा पर्न जरूरी छैन। भ्रष्टाचारको छानबिन गरिन्छ र मुलुकमा सुशासनको नयाँ वातावरण बनाइन्छ।’

तत्कालीन प्रधानमन्त्री ओली । २०७७  फागुन ३ 
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा सिंहदरबारबाट जनताको नाममा सम्बोधन गर्दै भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदाको भए पनि कारबाही गरेरै छाडिने प्रतिबद्धता व्यक्त गरेका थिए।

‘दुराचार र दुराचारी, भ्रष्ट र भ्रष्टाचारीका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन’, उनको भनाइ थियो, ‘जो जतिसुकै उच्च ओहोदावाला होस् वा कथित पहुँचवाला, तिनीहरूको मुख हेरेर सजाय तोकिन्न। कारबाही गर्ने/नगर्ने फैसला लिइन्नँ।’

तत्कालीन प्रधानमन्त्री ओली । २०७५ माघ २८
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारीलाई उम्कन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोगको कार्यालयमै पुगेर उनले भनेका थिए, ‘हामी भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेका छौं। अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैन। त्यसैले अब भ्रष्टाचार भ्रष्टका लागि पनि शत्रु नै हो।’

उनले कारबाही गरेर दण्ड विधिबाट भन्दा पनि नियन्त्रणको विधिबाट भ्रष्टाचार अन्त्य गर्नुपर्ने तर्क गरेका थिए। उनले थपेका थिए, ‘ऋषिमुनि, सन्त र महात्माहरुको देश र त्यस्ताका सन्तति हामीले भ्रष्टाचार नगरे कसरी (भ्रष्टाचार) हुन्छ?’

Ncell 2
Ncell 2
nimb
nimb

उनले हरेकले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्ने हो भने भ्रष्टाचार नै नहुने दाबी गरे। ‘भ्रष्टाचारलाई सामान्यीकरण गर्ने र भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ', उनको भनाइ थियो, 'कुनै पनि देश कति स्वच्छ र सदाचारी छ भन्ने कुरा त्यहाँका जनप्रतिनिधि, राज्यका अंग, सरकारी निकायले कत्तिको सदाचार र पारदर्शितामा विश्वास गर्छन् भन्ने कुराबाट निर्धारण हुन्छ।’
०००
उल्लेखित सन्दर्भहरु प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबाट अभिव्यक्त भएका भ्रष्टाचारसँग सम्बन्धित केही धारणाहरु मात्रै हुन्। सत्ता र प्रतिपक्षमा रहँदा उनीहरुले भ्रष्टाचारका विषयमा दिएका कैयौं अभिव्यक्तिहरु अझै भेटिन्छ। किनकि, उनीहरुले भ्रष्टाचारको प्रसंग आउँदा आफूलाई आदर्शवान् नेता/शासकको रुपमा प्रस्तुत गर्ने गरेका छन्।

ओलीले २०७४ मा शक्तिशाली सरकारको नेतृत्व गरेपछि भ्रष्टाचारप्रति कडा कदम चाल्ने बताइरहे। तर उनी प्रधानमन्त्री रहँदा नै कोरोना महामारीका बेलामा भएको स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको, यती समूहलाई नेपाल ट्रष्टको जग्गा लिजमा दिएको जस्ता अनेक प्रकरणको संरक्षण गरेको आरोप लाग्यो। उनी निकटकै एक मन्त्रीको त ७० करोड कमिसनको मोलतोल गर्दै गरेको अडियो सार्वजनिक भयो। आरोपित मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिए। तर प्रधानमन्त्री ओलीले भने सार्वजनिक रुपमा बचाउ गरे। प्रकरण भने सेलायो। बरु बाँस्कोटा दोस्रो पटक सांसद भए।

त्यस्तै, प्रधानमन्त्री प्रचण्ड पनि आरोपमुक्त छैनन्। जनयुद्ध अन्त्य गरेर शान्ति प्रक्रियामा आएपछि माओवादीको मूल नेतृत्व नै लडाकू शिविरमा पठाएको रकम हिनामिनाको आरोपमा फस्यो। तर प्रचण्डले त्यसमा छानबिनका लागि सघाउँदै आफूलाई न्यायिक परीक्षणमा राख्ने काम गरेनन्। सधैं सत्तापक्ष हुने गरेकाले अन्य दलले पनि आँट गर्न सकेनन्।

अघिल्लो सरकारमा अर्थमन्त्री रहेका जनार्दन शर्माले बजेटलाई अन्तिम रुप दिनेक्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लाग्यो। संसदीय छानबिन समिति गठन गरिएको थियो। जसले उनीमाथिको आरोप पुष्टि नभएको भन्दै सफाइ दियो। तर, कैयौँ सन्दर्भहरुले शर्मामाथिको आरोप लगभग पुष्टिकै अवस्थामा स्थापित छ।

Xtrem

Xtrem

प्रचण्ड र ओली मात्रै होइन, भ्रष्टाचारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शैली पनि यस्तै छ। भ्रष्टाचारविरुद्ध सार्वजनिक प्रतिबद्धता जनाउने तर आफू वा आफू निकटका नेताहरुको नाम जोडिएका विषयलाई बेवास्ता गरिदिने उनको शैली छ। 

प्रचण्ड-ओली भेटको असर छानबिनमा पर्छ कि पर्दैन?
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले बिहीबार दिउँसो सिंहदबारमा भेट गरे। सो भेटमा नक्कली शणरार्थी प्रकरणमा ठूला नेताहरु नै तानिन थालेपछि कुराकानीको वातावरण बनेको उनीहरुको सचिवालयले स्वीकार गरेको छ। भेटबारे जानकार नेताहरुका अनुसार उनीहरुले एमाले सांसद टोपबहादुर रायमाझी, अख्तियार प्रमुख प्रेम राईदेखि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासम्मको सन्दर्भमा कुराकानी गरेका थिए।

केही समयअघि सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा कुरा नमिलेर सत्ता गठबन्धनसँग टाढिएका थिए ओली। तर, शरणार्थी प्रकरणमा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलदेखि सचिव टोपबहादुर रायमाझीका नाम आउन थालेपछि हतारमै प्रधानमन्त्रीलाई भेट्न पुगेको देखिन्छ। यो प्रकरणमा ओली सरकारमा गृहमन्त्री रहेका बादलका पुत्र प्रतीक, ऊर्जामन्त्री रहेका रायमाझी र उनका पुत्र सन्दीपका नाममा पक्राउ पुर्जी जारी भएको छ।

ओलीले उपप्रधानमन्त्री भइसकेको मान्छे भन्दै टोपबहादुरमाथि पक्राउ पुर्जी जारी भएकोमा असन्तुष्टि जनाएका छन्। उनले यो घटनालाई रहस्यपूर्ण भनेका थिए।

रायमाझी भने बुधबार बेलुकादेखि नै सम्पर्कविहीन छन्। बिहीबार २ बजे प्रहरीकहाँ आउने भनिएको भए पनि उनी आएनन्। दुई नेताबीचको भेटले नै अब रायमाझी पक्राउ पर्ने वा उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुग्नेमा आशंका व्यक्त हुन थालेको छ। 

वरिष्ठ अधिवक्ता विपिन अधिकारीले नेपालमा हुने ठूला भ्रष्टाचार नेता र कर्मचारीको संलग्नता बिना सम्भव नै छैन भन्ने भाष्य स्थापित गरेको बताए। उनीहरुले  मिलेर नै ठूलो भ्रष्टाचार हुने अनि जोगाउन पनि मिलेर नै लाग्ने ट्रेन्ड देखिएको उनको टिप्पणी छ। ‘भ्रष्टाचार भनेको सम्भ्रान्त वर्गवाट हुने कुरा हो भन्ने स्थापित हुन थालेको छ’, उनले भने, ‘त्यस्तै, यसरी हुने भ्रष्टाचारमा सेटिङ हुन्छ अनि कारबाही हुँदैन। बरु बचाउने अभ्यास हुन्छ।’

साना मानिसहरु, जसको पहुँच छैन। उनीहरु तत्काल पक्राउ पर्ने अनि कारबाही पनि हुने हुन्छ। तर पदमा रहेका र राजनीति पहुँच भएकाहरु खुलेआम हिँड्ने गरेको उनले बताए। ‘सम्भान्त वर्ग संलग्न देखिएपछि फाइल लुकाउने काम हुँदै आएको देखियो। एकले अर्कोलाई बचाउने अभ्यास चलिरहेको देखिन्छ’, उनले भने, ‘तर कुनै पनि अपराधको अनुसन्धान कानुन अनुसार र स्वतन्त्र ढंगले हुनपर्ने थियो। राजनीतिक वा गैरराजनीतिक अधारमा वा वर्गको आधारमा अनुसन्धान प्रभावित हुनु हुँदैन थियो।’

ठूला भ्रष्टाचारका कुरा सार्वजनिक भएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने वा सेटल गर्ने भनेर ठूला मानिस लागेको देखिएको उनले बताए। ‘यो कानुनको अगाडि समानता भएन’, उनले भने, ‘त्यो त हामीले निर्माण गरेको कानुन, अन्तर्राष्ट्रिय सन्धि सम्झौता र संविधानले पनि स्वीकार गर्दैन।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले पनि पछिल्लो समय अख्तियार कमजोर देखिएको र त्यसको कारणले पहुँचवाला वर्गले उन्मुक्ति पाएको भनेर आम मानिसमा  आशंका बढेको टिप्पणी गरे। अख्तियारले सबैलाई समान मानेर अनुसन्धान गर्दै भ्रष्टाचारको मुद्दा दायर गर्नुपर्ने कानुनी दायित्व भएको तर ठूला व्यक्तिलाई भने अख्तियारले अनुसन्धानको दायरामा ल्याउन नसकेको देखिएको उनले बताए।

प्रधानमन्त्री प्रचण्ड र ओलीको भेटपछि सामाजिक सञ्जालमा पनि अनुसन्धान अगाडि बढ्नमा आशंका व्यक्त भएका छन्। ओलीको अभिव्यक्तिको खण्डन देखिने उनको ट्विट छ, ‘गिरफ्तार गर्दा पनि भेदभाव गर्नुपर्ने? सर्वसाधारण नागरिकलाई घिच्याउँदै जहाँ पायो त्यही हथकडी र कालोपट्टी लगाइहाल्नुपर्ने तर भ्रष्ट, मानवतस्कर र राज्यअपराधीलाई सम्मानपूर्वक ’हजुरलाई पक्रौं कि’ भनेर हात जोड्नुपर्ने? भ्रष्ट नेता, भ्रष्ट पार्टी र भ्रष्ट सोच। तिमीहरूको भर्सेलो परोस्।’

अर्का राजनीतिक विश्लेषक हरि रोक्काले पनि भेदभावको कुरा उल्लेख गरेका छन्। ‘एमाले अध्यक्ष ओली भन्छन् बहालवाला सांसदलाई बाटोबाटै हत्कडी लगाउनु पर्दैन। सायद यो राजनीतिक संस्कारसँग सम्बन्धित बिषय होला’, उनले लेखेका छन्, ‘समय धेरै भएको छैन। मन्त्री भइसकेका खड्ग ब विश्वकर्मा उहाँ नै प्रम हुँदा पक्राउ परेका थिए। धेरैलाइ याद होला, मन्त्री भइसकेको उनलाई हथकडी सहित हिँडाएर अदालत लगिएको दृष्य।’

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध
सम्बन्धित सामग्री
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत अधिकांश ठाउँमा अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवे... शनिबार, असोज १०, २०८३
कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय निर्देशनसहित १५ समिति गठन नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ। पार्टीको केन... शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै शनिबार, असोज १०, २०८३
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्