फाइल तस्बिर
काठमाडौं– सत्तारुढ गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाका अनुसार बैठक जारी रहेको छ।
बैठकमा समसमायिक राजनीतिबारे छलफल हुनेछ। सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो।
उक्त छलफलपछि एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएर पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझीसँग आफ्नो सम्पर्क नभएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए।
प्रधानमन्त्री प्रचण्डले भने सरकारले फाइल खोलिसकेको भन्दै आफू दबाबमा नपर्ने बताएका थिए। उनीहरु दुवैजनाबीचमा झण्डै दुई घण्टा छलफल भएको थियो।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि बालुवाटारमा छलफल हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।