काठमाडौं– भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
शनिबार अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरुलाई कारबाही गर्न माग सरकारलाई दवाव दिँदै प्रदर्शन गरेका हुन्। उनीहरुले भ्रष्टाचारमा संलग्नहरुलाई नछोडन पनि सरकारलाई खवरदारी गरेका छन्।
‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाई, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरु मुछिएपछि उनीहरुलाई कारबाही गर्न सरकारमाथि दबाब परेको छ। यता, सरकारले पनि सो प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको छ।
तर पक्राउ पुर्जी जारी गरिएका एमाले सचिवसमेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेका छन्। उनलाई उन्मुक्ति नदिन पनि सरकारलाई प्रदर्शनकारीहरुले सचेत गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।