काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि भएको दाबी गरेका छन्। एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको समीक्षा बैठकको समापन कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्।
अभियानका क्रममा उनले कतिपय कार्यकर्ताबाट सत्ता गठबन्धनमा हेरफेर ल्याउन सुझाव आए पनि पार्टीका ध्यान त्यतातिर भई पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनतिर भएको स्पष्ट पारे। उनले भने, ‘कुनै पनि पार्टीको बहुमत नपुग्ने वर्तमान ‘हङ’ संसदबाट जनतालाई साँचो अर्थमा सेवा दिन सकिँदैन। वर्तमान सत्ता गठबन्धन आफ्नै कारणले असफल भएमा संसदीय भूमिकाअनुसार अर्को सरकार दिनुपर्ने अवस्थामा बाहेक एमालेको प्राथमिकता होइन।’
नेकपा कालमा ध्वस्त भएको पार्टीको साङ्गठनिक र वैचारिक लय र बिरासतलाई एक हदसम्म उक्त अभियानले फर्काउन सफल भएको पोखरेलको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।