• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ९, २०८२ Wed, Dec 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रास्वपाले समर्थन फिर्ता लिएसँगै अब सरकारले विश्वासको मत लिनुपर्छ कि पर्दैन? 

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २२, २०८०  २१:५६
1140x725

काठमाडौं– शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। समर्थन फिर्तासँगै रास्वपाले अब रचनात्मक प्रतिपक्षमा बन्ने बताएको छ। 

रास्वपाका सभापति रवि लामिछानेले बैठकपछि पत्रकारसँग कुरा गर्दै आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी नहुने निर्णय गरेको जानकारी गराए। रास्वपा सभापति लामिछानेले उप निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नभएको बताएका थिए।

उपनिर्वाचनबाट दोस्रो पटक विजयी भएर आएपछि लामिछानेले राजनीतिक दौडधूप पनि गरेका थिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई पनि भेटेका थिए।

यो भेटसँगै रास्वपा सरकारमा आउने चर्चा सुरु भएको थियो। यही चर्चा चलिरहेको समयमा मंगलबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री थप गरे। जसका कारण रास्वपाले चाहेका मन्त्रालयहरु पाउने सम्भावना क्षीण भएको थियो। दुई दिनअघि रास्वपाको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्र सरकारका बारेमा निर्णय गर्ने भनि समय राखेको थियो।

आजको बैठकमा अधिकांश नेताहरुको भनाइ सरकारमा जान नहुने भन्ने देखिएपछि पार्टीले उक्त निर्णय गरेको हो। 

समर्थन फिर्ता लिएपछि सरकारले विश्वासको मत लिनुपर्छ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस २५ पछि रास्वपाले दोस्रो पटक विश्वासको मत दिएको थियो। सुरुमा एमालेसहितको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री भएका थिए। उक्त सरकारको उपप्रधान तथा गृहमन्त्रीको रुपमा लामिछाने सरकारमा सहभागी भएका थिए।

तर, उक्त गठबन्धन राष्ट्रपति निर्वाचनमा आइपुग्दा टुट्यो। नेपाली कांग्रेससहितका दलहरुको नयाँ गठबन्धन बन्ने देखेपछि तत्कालीन समयमा नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएका थिए। रास्वपा बाहिरिनुको कारण रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसला थियो।

सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरिदिएपछि रास्वपा सरकारबाट बाहिर गएको थियो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले १० दलको समर्थनसहित विश्वासको मत लिएका थिए। पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो। मत दिन्न भन्नेमा एक मत खसेको थियो ।

Ncell 2
Ncell 2

मतदान प्रक्रियामा २६२ सांसद उपस्थित थिए। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो। प्रधानमन्त्री प्रचण्डले यसअघि २६ पुसमा विश्वासको मत लिएका थिए। त्यसबेला प्रधानमन्त्री प्रचण्डले २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए। प्रचण्ड पुस १० मा १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलले विश्वासको मत दिएका थिए।

यसरी विश्वासको मत दिनेमध्येको एक रास्वपाले समर्थन फिर्ता लिएसँगै उनले पुन: विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने प्रश्न उठेको छ। यसको समाधान संविधानको धारा १०० मा पुग्नुपर्ने देखिन्छ। धारा १०० को उपधारा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ’ भनिएको छ। 

यो व्यवस्था अनुसार हेर्दा रास्वपा सरकारलाई समर्थन मात्र गरेको दल हो सरकारमा सहभागी भएको छैन। संविधान जानकारहरुले यही कारण विश्वासको मत लिनु नपर्ने बताएका छन्। यदि रास्वपापछि उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएमा भने प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने छ।

345204873_255169750323068_5275357455115814512_n1683302564.jpg

दोस्रोपटक विश्वासको मत लिँदैगर्दा प्रधानमन्त्री प्रचण्डले संसद्‌मा सकारसँग बहुमत रहँदासम्म विश्वासको मत लिन नपर्ने बताएका थिए। उनले विश्वासको मत दिनेले फिर्ता लिँदैमा विश्वासको लिने हो भने हरेक महिना लिनपर्ने तर आफूले कानुनविद्सँग छलफल गर्दा त्यस्तो नभइ बहुमत नभएसम्म लिनपर्ने जिकिर गरेका थिए। 

सरकारसँग बहुमत छ कि छैन?
मंसिर ४ गतेको निर्वाचनपछि बनेको प्रतिनिधि सभामा स्वतन्त्रबाहेक १२ दल रहेका छन्। राप्रपा र एमाले प्रतिपक्षमा थिए भने अन्य दल सत्ता पक्षमा थिए। अब सत्ता पक्षमा घट्ने छ भने प्रतिपक्षमा अंकगणित थपिने छ। प्रतिपक्षमा अब १२० सांसद हुने छन्। सत्ता पक्षमा १५२ सांसद हुनेछन्।

सरकार गठनका लागि १३८ सांसद आवश्यक हुन्छ। सरकार सधैं बहुमतमा हुने परिकल्पना संसद्‌मा गरिन्छ। हालसम्म अन्य दलले समर्थन फिर्ता लिएको निर्णय नगरेकाले प्रचण्ड नेतृत्वको सरकारले बहुमत गुमाएको देखिँदैन।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनाव सम्पन्न गर्न वातावरण बनाउन सरकार र तीन दलबीच समझदारी
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा
महाधिवेशन केही समय पर धकेलिन सक्ने डा. शेखर कोइरालाको संकेत
सम्बन्धित सामग्री
चुनाव सम्पन्न गर्न वातावरण बनाउन सरकार र तीन दलबीच समझदारी राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्म... मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा अहिले राष्ट्रपति पौडेल, काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक... मंगलबार, पुस ८, २०८२
महाधिवेशन केही समय पर धकेलिन सक्ने डा. शेखर कोइरालाको संकेत उनले काँग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
चुनाव सम्पन्न गर्न वातावरण बनाउन सरकार र तीन दलबीच समझदारी मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
महाधिवेशन केही समय पर धकेलिन सक्ने डा. शेखर कोइरालाको संकेत मंगलबार, पुस ८, २०८२
सामान्य अंकले बढ्यो नेप्से मंगलबार, पुस ८, २०८२
सद्‌भावना पार्टीका नेता बद्री मण्डलको निधन मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्