• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रास्वपाले समर्थन फिर्ता लिएसँगै अब सरकारले विश्वासको मत लिनुपर्छ कि पर्दैन? 

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २२, २०८०  २१:५६
1140x725

काठमाडौं– शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। समर्थन फिर्तासँगै रास्वपाले अब रचनात्मक प्रतिपक्षमा बन्ने बताएको छ। 

रास्वपाका सभापति रवि लामिछानेले बैठकपछि पत्रकारसँग कुरा गर्दै आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी नहुने निर्णय गरेको जानकारी गराए। रास्वपा सभापति लामिछानेले उप निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नभएको बताएका थिए।

उपनिर्वाचनबाट दोस्रो पटक विजयी भएर आएपछि लामिछानेले राजनीतिक दौडधूप पनि गरेका थिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई पनि भेटेका थिए।

यो भेटसँगै रास्वपा सरकारमा आउने चर्चा सुरु भएको थियो। यही चर्चा चलिरहेको समयमा मंगलबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री थप गरे। जसका कारण रास्वपाले चाहेका मन्त्रालयहरु पाउने सम्भावना क्षीण भएको थियो। दुई दिनअघि रास्वपाको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्र सरकारका बारेमा निर्णय गर्ने भनि समय राखेको थियो।

आजको बैठकमा अधिकांश नेताहरुको भनाइ सरकारमा जान नहुने भन्ने देखिएपछि पार्टीले उक्त निर्णय गरेको हो। 

समर्थन फिर्ता लिएपछि सरकारले विश्वासको मत लिनुपर्छ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस २५ पछि रास्वपाले दोस्रो पटक विश्वासको मत दिएको थियो। सुरुमा एमालेसहितको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री भएका थिए। उक्त सरकारको उपप्रधान तथा गृहमन्त्रीको रुपमा लामिछाने सरकारमा सहभागी भएका थिए।

तर, उक्त गठबन्धन राष्ट्रपति निर्वाचनमा आइपुग्दा टुट्यो। नेपाली कांग्रेससहितका दलहरुको नयाँ गठबन्धन बन्ने देखेपछि तत्कालीन समयमा नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएका थिए। रास्वपा बाहिरिनुको कारण रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसला थियो।

सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरिदिएपछि रास्वपा सरकारबाट बाहिर गएको थियो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले १० दलको समर्थनसहित विश्वासको मत लिएका थिए। पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो। मत दिन्न भन्नेमा एक मत खसेको थियो ।

Ncell 2
Ncell 2
nimb
nimb

मतदान प्रक्रियामा २६२ सांसद उपस्थित थिए। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो। प्रधानमन्त्री प्रचण्डले यसअघि २६ पुसमा विश्वासको मत लिएका थिए। त्यसबेला प्रधानमन्त्री प्रचण्डले २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए। प्रचण्ड पुस १० मा १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलले विश्वासको मत दिएका थिए।

यसरी विश्वासको मत दिनेमध्येको एक रास्वपाले समर्थन फिर्ता लिएसँगै उनले पुन: विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने प्रश्न उठेको छ। यसको समाधान संविधानको धारा १०० मा पुग्नुपर्ने देखिन्छ। धारा १०० को उपधारा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ’ भनिएको छ। 

यो व्यवस्था अनुसार हेर्दा रास्वपा सरकारलाई समर्थन मात्र गरेको दल हो सरकारमा सहभागी भएको छैन। संविधान जानकारहरुले यही कारण विश्वासको मत लिनु नपर्ने बताएका छन्। यदि रास्वपापछि उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएमा भने प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने छ।

Xtrem

Xtrem

345204873_255169750323068_5275357455115814512_n1683302564.jpg

दोस्रोपटक विश्वासको मत लिँदैगर्दा प्रधानमन्त्री प्रचण्डले संसद्‌मा सकारसँग बहुमत रहँदासम्म विश्वासको मत लिन नपर्ने बताएका थिए। उनले विश्वासको मत दिनेले फिर्ता लिँदैमा विश्वासको लिने हो भने हरेक महिना लिनपर्ने तर आफूले कानुनविद्सँग छलफल गर्दा त्यस्तो नभइ बहुमत नभएसम्म लिनपर्ने जिकिर गरेका थिए। 

सरकारसँग बहुमत छ कि छैन?
मंसिर ४ गतेको निर्वाचनपछि बनेको प्रतिनिधि सभामा स्वतन्त्रबाहेक १२ दल रहेका छन्। राप्रपा र एमाले प्रतिपक्षमा थिए भने अन्य दल सत्ता पक्षमा थिए। अब सत्ता पक्षमा घट्ने छ भने प्रतिपक्षमा अंकगणित थपिने छ। प्रतिपक्षमा अब १२० सांसद हुने छन्। सत्ता पक्षमा १५२ सांसद हुनेछन्।

सरकार गठनका लागि १३८ सांसद आवश्यक हुन्छ। सरकार सधैं बहुमतमा हुने परिकल्पना संसद्‌मा गरिन्छ। हालसम्म अन्य दलले समर्थन फिर्ता लिएको निर्णय नगरेकाले प्रचण्ड नेतृत्वको सरकारले बहुमत गुमाएको देखिँदैन।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित
सम्बन्धित सामग्री
कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय निर्देशनसहित १५ समिति गठन नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ। पार्टीको केन... शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित शनिबार, असोज १०, २०८३
डडेलधुरासहित ११ सहरमा भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्