काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
पुस १० मा सरकारमा सहभागी हुँदा रास्वपाले भनेबमोजिम विगतका जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने नीति तथा कार्यक्रम रहेकोमा पछिल्लो पटक सो बुँदालगायत सुशासनका बुँदा हटाएकोलगायतका विषय उठाउँदै रास्वपाले समर्थन फिर्ता लिएको जनाएको छ।
बैठकपछि बोल्दै रास्वपा सभापति रवि लामिछानेले अब सरकारले संसद्मा रचनात्मक र बलियो प्रतिपक्ष देख्ने बताए। जनभावना अनुसार रचनात्मक प्रतिपक्षमा रहने म्यान्डेट प्राप्त भएकाले आफूहरुले प्रतिपक्षमा बस्ने निर्णय गरेको उनले बताए।
सरकारमा सहभागी नभए पनि रास्वपाले विश्वासको मत दिएर सरकारलाई समर्थन गरेको थियो। त्यस्तै राष्ट्रपति निर्वाचनमा पनि उसले सत्ता गठबन्धनलाई समर्थन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।