काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। पार्टी कार्यालय बसुन्धारामा अपराह्न साढे ५ बजे बैठक सुरु भएको हो।
आजको बैठकले सरकारमा जाने वा नजाने तथा समर्थन फिर्ता लिने वा कायम राख्नेबारे निर्णय गर्ने नेताहरुले बताएका छन्।
प्रतिनिधि सभाको उपनिर्वाचनपछि रास्वपामा सरकारमा जाने वा नजाने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने भन्नेबारे छलफल भइरहेको छ। गठबन्धनका दल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने रास्वपालाई सरकारमा सहभागी गराउने पक्षमा छन्।
यसअघि गत सोमबार बसेको बैठकमा सरकारमा सहभागिगताको विषयमा मिश्रित प्रतिक्रिया आएको थियो। केही नेताहरुले सरकारमा सहभागी हुन नहुनेमा जोड दिएका थिए भने केहीले काम गर्न सकिने अवस्था भए र काम गर्ने मन्त्रालय पाइए सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।