• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

धनुषामा मिटरब्याजीविरुद्धका उजुरीमा ‘मिल्ने हदसम्म’ मिलापत्र

64x64
रासस शुक्रबार, वैशाख २२, २०८०  १८:०६
1140x725
फाइल तस्बिर

जनकपुरधाम– बटेश्वर गाउँपालिका–२, धनुषाका रामवृक्ष महराले स्थानीय साहुबाट आफ्नो गर्जो टार्न लिएको चार लाख सात वर्ष नपुग्दै ५२ लाख ५० हजार पुग्यो। विभिन्न समयमा ब्याज र सकेजति रकम तिर्दा पनि ऋण घट्नुको सट्टा प्रत्येक वर्ष १३ लाखका दरले कसरी बढ्यो भनेर महरालाई थाहा छैन।

लक्ष्मीनियाँ–१ धनुषाका श्यामकुमार मिश्रले पनि केही वर्ष पहिले स्थानीय साहुबाट १० लाख ऋण लिए। मिश्रले लिएको ऋण केही वर्षमै साहुले ३२ लाख पुर्‍याए। ‘जसको बिहे उसैलाई देख्न नदिए’ भनेजस्तै ऋण तिर्नुपर्ने मिश्रलाई नै त्यति धेरै रकम कसरी पुग्यो भन्ने जानकारी छैन। १० लाख र त्यसैको ब्याज तिर्न हम्मेहम्मे भएका मिश्रले ३२ लाख साँवा र त्यसको ब्याज तिर्न सक्ने कुरै भएन।

यस्ता–यस्तै समस्या लिएर धनुषाका मिटरब्याजपीडितहरू जिल्ला प्रशासन कार्यालय धाउन थालेको धेरै पहिलेदेखि नै हो। मिटरब्याजपीडितले आन्दोलन गरेर सरकारसँग पाँच बुँदे सहमति हुनुभन्दा पहिले नै गुनासो गर्नेहरूको सङ्ख्या तीन सय नाघिसकेको थियो।

यही वैशाख १७ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना र सोही दिन जिल्ला प्रशासन कार्यालय धनुषाले पीडितलाई सहायता कक्षमा उजुरी दिन आग्रह गरेपछि त्यो सङ्ख्या बिहीबारसम्म चार सय ७३ पुगेको छ। वैशाख ३१ गतेसम्म उजुरी दिने समय रहेकाले यो सङ्ख्या निकै बढ्ने सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको अनुमान छ।

‘बिहीबारसम्म चार सय ७३ उजुरी दर्ता भएका छन्। वैशाख ३१ गतेसम्म पहिलो चरणको उजुरी निवेदन लिने र सोही आधारमा विस्तृतरूपमा बुझेर अनलाइन दर्ताको काम पनि सहायता कक्षाबाट हुन्छ’, भण्डारीले भने।

उनका अनुसार पीडितले त्यसरी उजुरी दिएका आधारमा पीडित पक्षलाई बोलाएर सुरुदेखि नै सहमतिमै विवाद ‘मिल्ने हदसम्म’ मिलाउने प्रयास गरिएकामा हालसम्म एक सय ९५ मुद्दामा मिलापत्र भएको छ।

‘चार सय ७३ मध्ये एक सय ९५ विवादमा मिलापत्र गरिएको छ। ३८ वटा मुद्दामा अदालतले निषेधाज्ञा (केही नगर्नु भनेको) जारी गरेको छ’, भण्डारीले भने, ‘बाँकी मुद्दामा दुवै पक्षलाई बोलाएर पनि विभिन्न चरणमा सोधपुछ गर्ने काम भइरहेको छ। कतिपय मुद्दामा दुवै पक्ष स्वस्फूर्तरूपमा त कतिपयमा हामीले मिलनबिन्दुको खोजी गरिदिने गरेका छौं।’

जिल्ला प्रशासन कार्यालयको यही प्रयासले गर्दा अदालतले साहुको दसीप्रमाणका आधारमा कानुनमा टेक्दै ६५ लाख तिर्नु भनेर दिएको फैसलाका बाबजुद दुवै पक्षबीच १२ लाख लिनेदिने गरी सहमति भएको छ भने वर्षौंदेखि बन्धकी रहेका करिब ५० जना पीडितको घरजग्गा पनि फुकुवा भएका छन्।

nimb
nimb

‘हामीले चरम अत्याचार गर्ने पीडकलाई पक्राउ गरेर थुनामा राख्ने, करकापबिना सामान्य सहजीकरण गर्दा मिल्नसक्ने प्रकृतिका उजुरीमा मिलापत्र, कागज फिर्ता, घरजग्गा फुकुवासम्मको प्रयास गरिरहेका छौं’, प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल भन्छन्, ‘वास्तविक पीडितलाई थप पीडा नहुने गरी हामीले न्यायको प्रयास गर्छौं। त्यसो गर्दा पनि निकास ननिस्केमा अरु कानुनी बाटो त छँदैछ।’

बटेश्वर गाउँपालिका–२ धनुषाका महराको मुद्दामा पीडितले १२ लाख तिर्ने र पीडक साहुले जग्गा फकुवा गर्ने गरी सहमति भई कार्यान्वयनमासमेत आइसकेको छ। त्यसैगरी लक्ष्मिनियाँ–१ निवासी मिश्रको उजुरीमा सोधपुछका क्रममा हिसाबकिताब गर्दा दुई पक्षबीच १४ लाख ५० हजारमा मिलापत्र भएको थियो तर यो कार्यान्वयन हुन बाँकी छ।

त्यसैगरी सहिदनगर–६ हरिपुरका सुवासकुमार यादवले पनि विसं २०७५ असारमा स्थानीय साहुले केही पैसा दिएर सात लाख ५० हजारको कागज गरेको भन्दै उजुरी दिएपछि अहिले एक लाख ५० हजार लिनेदिने गरी मिलापत्र भएको छ। कतिपय उजुरीमा उजुरीकर्ताको दर्दनाक अवस्था र लेनदेनको कागजातको प्रकृति हेरेर पीडितले स्वीकारेको रकमभन्दा पनि कम रकममा सहमति भएको छ।

त्यसको उदाहरण हुन् धनुषाकी शौलकुमारी यादवनी। विवरणअनुसार उनले केही वर्षअघि ८० हजार ऋण लिएकामा साहुको मागदाबी दुई लाख ५० हजार थियो तर अहिले ५० हजार लिनेदिने गरी मिलापत्र भएको छ।

जिल्ला प्रशासन कार्यालयमा रहेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सहायता कक्षको विवरणमा ३८ जना उजुरीमा पक्ष र विपक्ष नै सम्पर्कमा छैनन्। प्रमुख जिल्ला अधिकारी दाहालले सम्पर्कमा आउन नचाहने र बहानाबाजी गर्नेलाई मुद्दाको प्रकृति र संवेदनशीलताका आधारमा पक्राउ गरिएको सुनाए। 

‘अटेर गर्ने र पीडितलाई थप पीडा दिने तीन जनालाई हामीले पक्राउ गर्‍यौं। त्यसमध्ये एक जनालाई धरौटीमा छाडिएको छ। बाँकी दुईमध्ये एउटाको घरबाट विभिन्न व्यक्तिसँग गरिएका १५ थान र अर्कोको घरबाट १३ थान तमसुकसहितका संवेदनशील सामग्री फेला पारेर राखेका छौं । भन्नुको अर्थ जुन माध्यमबाट समस्याको समाधान हुन्छ त्यो उपाय अपनाएर हामीले तदारुकताकासाथ काम अगाडि बढाएका छौं’, उनले भने।

मिटरब्याजपीडित सङ्घर्ष समिति धनुषाका अध्यक्ष पुरुषोत्तम अधिकारीले वर्षौंदेखि नक्कली प्रमाण, तमसुक र झुक्याएर बनाइएका कागज देखाएर अनुचित र अस्वाभाविक शोषण गर्ने साहु महाजन अहिले अत्तालिएको बताए। उनले द्विपक्षीय समझदारीमा समाधानको बाटो खोज्नु सराहनीय भए पनि चरम अत्याचार र शोषणपछि कानुनी फन्दामा पर्ने त्रासले पीडकले मिलापत्रको बाहना गर्न सक्नेतर्फ भने सचेत रहनुपर्ने बताए। 

‘मेरै परिवारविरुद्ध ९५ हजार ऋणको पटक–पटक गरी २९ लाख तिर्दा पनि ४५ लाख बाँकी छ भनेर मुद्दा हालियो। ५० हजारको ऋणको ११ लाख र अर्कोले २५ लाख लिनुछ भनेर मुद्दा हाले। एकै परिवारका तीन जना पेसेवर मिटरब्याजीको फन्दामा परेर हाम्रो परिवार नै तहसनहस भयो। अदालतले पनि पीडककै पक्षमा फैसला गरिदिएको छ। करिब ९० प्रतिशत पीडितसँग प्रमाण छैन, त्यही बाहनामा थप पीडा दिने काम भइरहेको छ’, अधिकारीले गुनासो गरे।

प्रमुख जिल्ला अधिकारी दाहाल पनि मुद्दाको संवेदनशीलताबारे आफूहरू सचेत रहेको र सरकारले समस्या समाधानका लागि ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० राष्ट्रपतिबाट समेत जारी भइसकेकाले अब कानुनी बाटो पनि सहज हुने बताउँछन्। यसअघि वैशाख १७ गते जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन गर्न जनकपुरधाम आएका उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले पनि अनुचित प्रमाण, शक्ति र स्रोत देखाएर पीडक उम्किनसक्नेतर्फ सचेत रहन प्रहरी प्रशासनलाई निर्देशन दिएका थिए।

तत्कालीन सरकारले गठन गरेको मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले २०७९ भदौ ७ गते सरकारका गृहमन्त्री बालकृष्ण खाणसमक्ष बुझाएको प्रतिवेदनअनुसार सातै प्रदेशमा भदौ ५ गतेसम्म प्राप्त एक हजार नौ सय ३७ उजुरीमध्ये मधेस प्रदेशमा मात्रै एक हजार तीन सय ३० अर्थात ६९ प्रतिशत उजुरी परेको तथ्याङ्क सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
विनाशकारी बाढी :  मृतकको सङ्ख्या २७० पुग्यो बिहीबार, भदौ ११, २०८३
सुशीला कार्कीको अपिल :  गाँस काटेर भए पनि सहयोग गरौँ बिहीबार, भदौ ११, २०८३
त्रिशूलीको बाढीपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनको तयारी, बैरेनीमा लेदो हटाउने काम तीव्र बिहीबार, भदौ ११, २०८३
नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपछि चीनसँग हिमताल जोखिमबारे तत्काल संवाद गर्न ८ दलको सुझाव बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्