• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अख्तियार विधेयक : मुद्दा चलाउने अवधि पाँच वर्षे व्यवस्थामा कस्ता संशोधन?

64x64
नेपाल लाइभ शनिबार, वैशाख २३, २०८०  २१:२३
1140x725

काठमाडौं- राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेस भएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’ मा रहेका केही विवादित प्रस्तावमध्ये एक हो- मुद्दा चलाउने पाँच वर्षे अवधि। सरकारले दर्ता गराएको विधेयकमै उल्लेखित त्यस किसिमको प्रावधानलाई राष्ट्रिय सभाले भाषामा केही परिवर्तन गर्दै पारित गरेको थियो।

राष्ट्रिय सभाले पारित गरेको विधेयकमा ‘भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले पाँच वर्ष हुनेछ’, राष्ट्रिय सभाबाट पारित विधेयकमा भनिएको छ।

तर, सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले निज त्यस्तो पदमा बहाल रहँदाका बखत भ्रष्टाचार गरेको र तत्काल निज उपर मुद्दा चल्न सक्ने रहेनछ भने निज जुनसुकै व्यहोराबाट अवकाश प्राप्त गरेको भए अवकाश भएको मितिले र निजले भ्रष्टाचार गरेको कुरा निज अवकाश भइसकेपछि थाहा भएकोमा थाहा भएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउन सकिने प्रावधान पनि राखिएको छ।

यस्ता प्रावधानले अहिलेसम्म सार्वजनिक भएका कैयौं भ्रष्टाचार काण्डहरु अनुसन्धान नै नभइकन सामसुम हुनसक्ने भन्दै आलोचना भइरहेको हो। अर्कोतिर, यहाँ ‘थाहा भएको’ भन्ने अमूर्त शब्दावली राखिएको छ। थाहा भएको भनेर कहिलेलाई मान्ने? पत्रपत्रिकामा समाचार सार्वजनिक भएको, सार्वजनिक रुपमा चर्चा भएको, अख्तियारमा उजुरी परेको वा अनुसन्धान सुरु भएको कुन समयलाई ‘थाहा भएको’ मान्ने? यसले पनि विवाद सिर्जना गरेको छ।

अर्कोतिर, कतिपय भ्रष्टाचार काण्डको पाँच वर्षमै अनुसन्धान नसकिने पनि हुनसक्छ। खासगरी ठूला भ्रष्टाचारका काण्ड, बाह्य देशसँग जोडिएका विषय, धेरै संस्थासँग जोडिएको र धेरैतिरबाट प्रमाण संकलन गर्नुपर्ने विषय, जटिल विषय, कागजपत्र धेरै जुटाउनुपर्ने विषयमा अनुसन्धानका लागि पाँच वर्षभन्दा बढी समय लाग्न सक्छन्। प्रचलित क्षेत्रमै पनि भ्रष्टाचारका नयाँनयाँ तरिकाहरु सार्वजनिक भइरहेका हुन्छन्। जसले त्यस्तो मुद्दामाथि अनुसन्धान गर्न थप समय लाग्न सक्छ। यस्ता अनेक कारणले पाँच वर्षभित्रै अनुसन्धान सकिएर मुद्दा दर्ता नहुने र हदम्याद नाघेको भन्दै भ्रष्टाचारीले सफाइ पाउने हुनसक्छ। हदम्याद नाघेको भन्दै यसअघि कतिपय मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो।

अर्को समस्या, दलीय निकटताका आधारमा अख्तियारमा नियुक्त हुने र उनीहरुले आफू निकटको दलका नेता जोडिएको भ्रष्टाचार काण्डलाई पाँच वर्ष समय गुजार्न भूमिका खेलिदिनसक्छन्।

विवादित बनेको यस्तो विषयमा प्रशस्तै संशोधन प्रस्तावहरु परेका छन्। सुरुमा हेरौं, ‘भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले पाँच वर्ष हुनेछ’ भन्ने प्रावधानमाथि परेका संशोधन प्रस्तावहरु।

एमाले सांसद प्रेमबहादुर महर्जन, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, कांग्रेस सांसद रामहरि खतिवडा, कांग्रेस सांसद पूर्णबहादुर तामाङले ‘भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद त्यस्तो कार्य भएको मितिले पाँच वर्षको हुनेछ’ भन्ने संशोधन प्रस्ताव राखेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस सांसद अर्जुननरसिंह केसी तथा गगनकुमार थापाले ‘भ्रष्टाचारजन्य कसुरमा कुनै हदम्याद लाग्ने छैन’ भन्ने संशोधन प्रस्ताव राखेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद हुनेछैन भन्ने संशोधन प्रस्ताव राखेकी छिन्। 

कांग्रेस सांसदहरु तेजुलाल चौधरी, संजयकुमार गौतम, राजेन्द्रकुमार गौतम तथा सुनिलकुमार शर्माले ‘थाहा पाएको मितिले’ भन्ने शब्दहरु हटाउनुपर्ने प्रस्ताव राखेका छन्।

नेमकिपाका सांसद प्रेम सुवालले ‘थाहा पाएको मितिले पाँच वर्ष हुनेछ’ भन्ने शब्दको सट्टा ‘हुने छैन’ भन्ने शब्दहरु राख्नुपर्ने भनेका छन्।

Xtrem

Xtrem

राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले ‘भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद हुने छैन’ भन्ने संशोधन प्रस्ताव रखेका छन्।

कांग्रेस सांसद श्यामकुमार घिमिरेले थाहा भएको/पाएको मितिले पाँच वर्षको हुनेछ भन्ने व्यवस्थालाई संशोधन गरी ५/६/७ वर्ष गर्न सकिने तर कसैलाई पनि आजीवन ऊमाथि तरबार झुन्ड्याई राख्नु लोकतान्त्रिक विधि सम्मत नहुने उल्लेख गरेका छन्। उनले हदम्याद तोक्नैपर्ने भनेर संशोधन प्रस्ताव राखेका छन्।

विधेयकमा सरकारी, सामुदायिक वा सार्वजनिक सम्पत्ति वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा सार्वजनिक संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेकोमा मुद्दा चलाउन त्यस्तो हदम्याद कायम रहने छैन भनिएको छ।

यो व्यवस्थामा संशोधन प्रस्ताव खासै परेका छैनन्। कांग्रेस सांसद केसीले 'हदम्याद कायम रहने छैन' भन्ने शब्दहरुको सट्टा 'हदम्याद लाग्ने छैन' भन्ने शब्द राख्नुपर्ने प्रस्ताव राखेका छन्। माओवादी केन्द्रकी सांसद नारायणी शर्माले 'स्थानीय तह' भन्ने शब्दहरुको सट्टा 'स्थानीय सरकार' भन्ने शब्दहरु राख्नुपर्ने प्रस्ताव राखेकी छिन्।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध
सम्बन्धित सामग्री
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत अधिकांश ठाउँमा अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवे... शनिबार, असोज १०, २०८३
कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय निर्देशनसहित १५ समिति गठन नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ। पार्टीको केन... शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै शनिबार, असोज १०, २०८३
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्