काठमाडौं– सेनिटरी प्याडमा लुकाएर लागुऔषध तस्करी गरेको आरोपमा दुई युवतीलाई झापा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ घर भएकी २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ छन्।
उनीहरुलाई बिहीबार झापाको भद्रपुरस्थित विमानस्थलबाट पक्राउ गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले बताए।
शंका लागेपछि विमानस्थलमा जाँच गर्दा उनीहरुले लगाएको पेन्टीभित्र राखिएको सेनिटरी प्याडबाट प्रहरीले ७६ दशमलव ३४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो।
उनीहरु दुवै जनाविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।