काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले उपनिर्वाचनको परिणामबारे पार्टीमा गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन्।
शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वमहामन्त्रीसमेत रहेका कोइरालाले उपनिर्वाचनमा हार व्यहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताएका हुन्।
उनले अब कांग्रेसले पनि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बेला आएको बताए। पार्टीबाट एकलौटी रुपमा मन्त्रीहरु सिफारिस भएको घटनाले पार्टीभित्रको असन्तुष्टि थप बढेको कोइरालाको भनाइ छ।
उनले भने, ‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ।’ पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदय हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।