काठमाडौं– किरात समुदायले २०८० को उभौली पर्व शुक्रबार नयाँ बानेश्वरको सडकमा मनाएका छन्। उक्त अवसरमा मौलिक भेषभूषामा आ–आफ्नो परम्परागत नृत्य प्रस्तुत गरेका थिए।
किरात समुदाय भित्रका राई, लिम्बू, याखा, सुनुवार आदि जातिले १ नम्बर प्रदेशको नाम कोशी राखिकएकोमा विरोध गर्दै पुनः नामांकनको माग राखेका छन्। उनीहरुले यसपालीको पर्वलाई आफ्नो पहिचानको अधिकारसँग जोड्दै कोशी प्रदेश नाम खारेज गर्न माग गरेका हुन्।
आयोजकका अनुसार अघिपछि हर्षोल्लासका साथ मनाइने यो पर्व यसपटक भने पहिचानको माग गर्दै सडकमा मनाएको आयोजकले जनाएको छ।
प्रदेश १ को नाम कोशी घोषणा भएदेखि नै पहिचानवादीहरुले आन्दोलन गर्दै आएका छन्। यो पर्व विशेष गरी किरात समुदायले खेतीपाती गर्ने समय भएको अवगत र सबैले आ–आफ्नो खेतीपाती राम्ररी लगाउन पाऊँ र प्रकृतिले सबैलाई साथ देओस् तथा उत्पादन राम्रो होस् भन्ने शुभेक्षाका लागि मनाइने गरिन्छ।
त्यसैले वैशाख पूर्णिमाको दिन भूमिको पुजा गरी यो पर्व मनाउने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।