काठमाडौं– सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्त्वलाई अझै बुझ्न नसकिएको बताएका छन्। शुक्रबार राष्ट्रिय सूचना आयोगको १६औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सभामुख घिमिरेले सूचनाको महत्त्वलाई उजागर गरी आम नागरिकका सूचनाको अधिकार प्राप्त हुनुपर्ने बताए। सूचनाको हक सबैले पाउनुपर्ने कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउनेकुरामा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने उनको भनाइ छ।
उनले सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभाकारी रुपमा कार्यान्वयन हुने दाबी गर्दै सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण भएकाले सम्बन्धित निकायबाट पाउने सेवा, सुविधाको सूचना समाजमा विस्तार गर्न आवश्यक रहेको बताए।
सभामुख घिमिरेले सार्वजनिक गरिएका विषयहरुको सूचना नागरिकस्तरमा विस्तार गर्न आवश्यक रहेको र जनताको सूचना पाउने हकको सुनिश्चित हुनुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।