काठमाडौं- प्रतिनिधि सभा र राष्ट्रिय सभामा नयाँ सचिवहरु नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिवहरु नियुक्त गरेका हुन्।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सिफारिसमा पद्मप्रसाद पाण्डेयलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरिएको हो।
त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा सुरेन्द्र अर्याललाई राष्ट्रिय सभाको सचिवमा नियुक्त गरिएको हो।
उनीहरुले आइतबार सफल लिने संसद् सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।