काठमाडौं- नेपाली कांग्रेसको तर्फबाट बुधबार नियुक्त भएका तीन जना मन्त्रीले बिहीबार शपथ लिएका छन्।
नवनियुक्त कानुन मन्त्री धनराज गुरुङ, स्वास्थ्य मन्त्री मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ खुवाएका छन्।
राष्ट्रपति कार्यालयमा भएको नवनियुक्त मन्त्रीहरुको शपथमा प्रधानमन्त्रीसहित मन्त्रीहरुको समेत सहभागिता थियो। सपथ खाएपछि आजै नवनियुक्त मन्त्रीहरुले कार्यभार पनि सम्हालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।