काठमाडौं– नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
प्रहरीले सन्दीपविरुद्ध संगठित अपराध, ठगी लगायत कसुरमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १ अर्ब रुपैयाँ ठगी गरेको प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो। उनलाई बिहीबार विमानमार्फत् काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो।
यही प्रकरणमा एमाले नेता रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। प्रहरीले खोजी सुरु गरेपछि रायमाझीले फोन गरेर आफैं उपस्थित हुने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।