काठमाडौं– गण्डकी प्रदेश सभाका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (बिहीबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक बस्दै छ।
नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत बिहीबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए।
पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र स्वतन्त्र (मनाङबाट निर्वाचित राजीव गुरुङ) गरी ३५ जना प्रदेश सभा सदस्यले समर्थन गरेका थिए। बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिँदा पनि ३५ जनाकै समर्थन प्राप्त हुने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।