काठमाडौं– नवनियुक्त मन्त्रीहरुले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका धनराज गुरुङ, मोहन बहादुर बस्नेत र डिगबहादुर लिम्बुलाई बुधबार मन्त्री नियुक्त गरेका थिए।
कांग्रेस उपसभापति समेत रहेका गुरुङले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लिम्बुले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम बिहीबार दिउँसो ३ बजेका तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।