• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद्‌मा कोइराला पक्ष निरिह, देउवाले पेलेरै २५ प्रतिशतमा सीमित पारे

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २१, २०८०  ०८:४९
1140x725

काठमाडौं– बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौं पटक मन्त्रिपरिषद् विस्तार गरे। कांग्रेसका तर्फबाट थप ३ जना मन्त्री नियुक्त भए। योसँगै अब प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसका मन्त्री ८ पुगेका छन्।

संख्यात्मक हिसाबमा कांग्रेसले धेरै मन्त्री पाए पनि पार्टीको आन्तरिक शक्ति संघर्षमा भने सभापति शेरबहादुर देउवाले इतर पक्षलाई फेरि कमजोर पारेका छन्। जसरी पनि इतरपक्षलाई तल पार्ने रणनीतिमा लागेका देउवाले बुधबार मन्त्री सिफारिसमा पनि त्यही गरे।

सरकारमा सहभागी हुँदा नै कांग्रेसको इतर पक्ष (डा शेखर कोइराला–गगन थापा पक्ष)ले जसरी पनि आफ्नो तर्फबाट ३ जना मन्त्री सिफारिस हुनुपर्ने अडान लिएको थियो। तर बुधबार मन्त्री नियुक्त हुँदा भने यो पक्षबाट जम्मा २ जना मात्र सिफारिस भए। 

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारको सत्ता समीकरणमा आएसँगै देउवाले इतर पक्षलाई कम आकलन गर्दै अघि बढेका थिए। जसका कारण मन्त्रिपरिषद् विस्तारको क्रममा कांग्रेसमा द्वन्द्वसमेत देखियो। सोही कारण लामो समयसम्म मन्त्रिपरिषद्ले पूर्णतासमेत पाएन। बुधबार ३ जना मन्त्री थपिए पनि मन्त्रिपरिषद् पूर्ण भइसकेको भने छैन। 

बुधबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस उपसभापति धनराज गुरुङ तथा नेताहरु मोहन बस्नेत र डिगबहादुरर लिम्बुलाई मन्त्री नियुक्त गरेका छन्। गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसका ८ मन्त्रीमध्ये देउवा पक्षबाट उपप्रधानमन्त्रीसहित रक्षामन्त्रीको जिम्मेवारीमा पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्टमन्त्री एनपी साउद, सहरीविकास मन्त्री सिता गुरुङ, उद्योगमन्त्री रमेश रिजाल  र स्वास्थ्यमन्त्रीमा मोहनबहादुर बस्नेत रहेका छन्। शेखरपक्षबाट उपसभापति गुरुङ कानुनमन्त्री र डिगबहादुरर लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका छन्। 

पार्टीको १४औं महाधिवेशनमा शेखर समूहले ४० प्रतिशत मत पाएको थियो। तर देउवाले मन्त्रिपरिषद्‌मा सहभागी गराउँदा भने २५ प्रतिशतमा झारिदिएका छन्। पेलेरै देउवाले मन्त्रिपरिषद्‌मा कोइराला पक्षलाई कम सहभागी गराए पनि अहिल्यै कुनै धारणा भने बाहिरिएको छैन। 

सभापति देउवाले दुई मन्त्री दिँदा इतर पक्षका नेताहरुले मन्त्रीको नाम नै नदिने अडान लिएका थिए। इतर पक्षले आफ्नो समूहको बैठक नै गरेर ३ मन्त्री र राम्रो मन्त्रालयको माग गरेका थिए। जसलाई काउन्टर दिन देउवाले किस्ता–किस्तामा मन्त्री नियुक्त गर्ने रणनीति अपनाए र अन्तत: शेखर पक्षलाई दुई मन्त्री दिएका छन्। जसलाई लिएर शेखर पक्षका नेताहरुले बुधबार आश्चर्य व्यक्त गरेका छन्।

Xtrem
Xtrem

खासगरि इतर पक्षबाट नेता शेखर कोइराला र महामन्त्री गगन थापा सभापति देउवासँग संवादमा थिए। महामन्त्री थापाले त युवा मध्येबाट नेता प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउन जोडबल गरे। तर, देउवाले त्यसलाई पनि खासै वास्तै गरेनन्। पछिल्लो दुई दिनयता सभापति देउवाले उपसभापतिद्वय र महामन्त्रीद्वयसँग पार्टी र सरकारको सन्दर्भमा लगातार छलफल गरिरहेका थिए।

देउवाले मंगलबार नेता शेखर कोइरालासँग पनि छलफल गरेका थिए। कोइराला मंगलबार राति नै उपचारका लागि सिंगापुर गएका बताइएको छ। देउवाले उपसभापतिद्वय र महामन्त्रीहरुको आपसी छलफलमै बुधबार मन्त्रीहरु सिफारिस गरेका हुन् वा होइनन् त्यो खुलेको छैन। तर नेता कोइरालासँग छलफल भने गरेको देखिन्छ। किनकि कोइरालाका विश्वासपात्र लिम्बुलाई देउवाले युवा तथा खेलकुदमन्त्री बनाएका छन्।

कांग्रेसका एक पदाधिकारीका अनुसार देउवाले बिहीबार पुन: पार्टीका सबै पदाधिकारीहरुलाई अनौपचारिक छलफलका लागि आफ्नो निवासमा बोलाएका छन्। जहाँ पार्टीका विषयमा मात्रै नभइ मन्त्री नियुक्तिका विषयमा पनि कुरा उठाउने इतरपक्षको तयारी छ। सहमहामन्त्रीहरुबाट बद्री पाण्डे र जीवन परियार मन्त्री बन्ने लाइनमा थिए। तर एकाएक नयाँ मन्त्रीहरु नियुक्त भएका कारण यो विषय बैठकमा उठाइने नेताहरु बताउँछन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक शनिबार, असोज १०, २०८३
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द शनिबार, असोज १०, २०८३
शनिबार देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्