• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद्‌मा कोइराला पक्ष निरिह, देउवाले पेलेरै २५ प्रतिशतमा सीमित पारे

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २१, २०८०  ०८:४९
1140x725

काठमाडौं– बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौं पटक मन्त्रिपरिषद् विस्तार गरे। कांग्रेसका तर्फबाट थप ३ जना मन्त्री नियुक्त भए। योसँगै अब प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसका मन्त्री ८ पुगेका छन्।

संख्यात्मक हिसाबमा कांग्रेसले धेरै मन्त्री पाए पनि पार्टीको आन्तरिक शक्ति संघर्षमा भने सभापति शेरबहादुर देउवाले इतर पक्षलाई फेरि कमजोर पारेका छन्। जसरी पनि इतरपक्षलाई तल पार्ने रणनीतिमा लागेका देउवाले बुधबार मन्त्री सिफारिसमा पनि त्यही गरे।

सरकारमा सहभागी हुँदा नै कांग्रेसको इतर पक्ष (डा शेखर कोइराला–गगन थापा पक्ष)ले जसरी पनि आफ्नो तर्फबाट ३ जना मन्त्री सिफारिस हुनुपर्ने अडान लिएको थियो। तर बुधबार मन्त्री नियुक्त हुँदा भने यो पक्षबाट जम्मा २ जना मात्र सिफारिस भए। 

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारको सत्ता समीकरणमा आएसँगै देउवाले इतर पक्षलाई कम आकलन गर्दै अघि बढेका थिए। जसका कारण मन्त्रिपरिषद् विस्तारको क्रममा कांग्रेसमा द्वन्द्वसमेत देखियो। सोही कारण लामो समयसम्म मन्त्रिपरिषद्ले पूर्णतासमेत पाएन। बुधबार ३ जना मन्त्री थपिए पनि मन्त्रिपरिषद् पूर्ण भइसकेको भने छैन। 

बुधबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस उपसभापति धनराज गुरुङ तथा नेताहरु मोहन बस्नेत र डिगबहादुरर लिम्बुलाई मन्त्री नियुक्त गरेका छन्। गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

Ncell 2
Ncell 2

कांग्रेसका ८ मन्त्रीमध्ये देउवा पक्षबाट उपप्रधानमन्त्रीसहित रक्षामन्त्रीको जिम्मेवारीमा पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्टमन्त्री एनपी साउद, सहरीविकास मन्त्री सिता गुरुङ, उद्योगमन्त्री रमेश रिजाल  र स्वास्थ्यमन्त्रीमा मोहनबहादुर बस्नेत रहेका छन्। शेखरपक्षबाट उपसभापति गुरुङ कानुनमन्त्री र डिगबहादुरर लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका छन्। 

पार्टीको १४औं महाधिवेशनमा शेखर समूहले ४० प्रतिशत मत पाएको थियो। तर देउवाले मन्त्रिपरिषद्‌मा सहभागी गराउँदा भने २५ प्रतिशतमा झारिदिएका छन्। पेलेरै देउवाले मन्त्रिपरिषद्‌मा कोइराला पक्षलाई कम सहभागी गराए पनि अहिल्यै कुनै धारणा भने बाहिरिएको छैन। 

सभापति देउवाले दुई मन्त्री दिँदा इतर पक्षका नेताहरुले मन्त्रीको नाम नै नदिने अडान लिएका थिए। इतर पक्षले आफ्नो समूहको बैठक नै गरेर ३ मन्त्री र राम्रो मन्त्रालयको माग गरेका थिए। जसलाई काउन्टर दिन देउवाले किस्ता–किस्तामा मन्त्री नियुक्त गर्ने रणनीति अपनाए र अन्तत: शेखर पक्षलाई दुई मन्त्री दिएका छन्। जसलाई लिएर शेखर पक्षका नेताहरुले बुधबार आश्चर्य व्यक्त गरेका छन्।

खासगरि इतर पक्षबाट नेता शेखर कोइराला र महामन्त्री गगन थापा सभापति देउवासँग संवादमा थिए। महामन्त्री थापाले त युवा मध्येबाट नेता प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउन जोडबल गरे। तर, देउवाले त्यसलाई पनि खासै वास्तै गरेनन्। पछिल्लो दुई दिनयता सभापति देउवाले उपसभापतिद्वय र महामन्त्रीद्वयसँग पार्टी र सरकारको सन्दर्भमा लगातार छलफल गरिरहेका थिए।

देउवाले मंगलबार नेता शेखर कोइरालासँग पनि छलफल गरेका थिए। कोइराला मंगलबार राति नै उपचारका लागि सिंगापुर गएका बताइएको छ। देउवाले उपसभापतिद्वय र महामन्त्रीहरुको आपसी छलफलमै बुधबार मन्त्रीहरु सिफारिस गरेका हुन् वा होइनन् त्यो खुलेको छैन। तर नेता कोइरालासँग छलफल भने गरेको देखिन्छ। किनकि कोइरालाका विश्वासपात्र लिम्बुलाई देउवाले युवा तथा खेलकुदमन्त्री बनाएका छन्।

कांग्रेसका एक पदाधिकारीका अनुसार देउवाले बिहीबार पुन: पार्टीका सबै पदाधिकारीहरुलाई अनौपचारिक छलफलका लागि आफ्नो निवासमा बोलाएका छन्। जहाँ पार्टीका विषयमा मात्रै नभइ मन्त्री नियुक्तिका विषयमा पनि कुरा उठाउने इतरपक्षको तयारी छ। सहमहामन्त्रीहरुबाट बद्री पाण्डे र जीवन परियार मन्त्री बन्ने लाइनमा थिए। तर एकाएक नयाँ मन्त्रीहरु नियुक्त भएका कारण यो विषय बैठकमा उठाइने नेताहरु बताउँछन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति
सम्बन्धित सामग्री
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो । सोमबार, पुस १४, २०८२
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकीकरण भइनसक्दै रञ्जिता नेकपामा समाहित भएकी हुन् । सोमबार, पुस १४, २०८२
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी... सोमबार, पुस १४, २०८२
ताजा समाचारसबै
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन सोमबार, पुस १४, २०८२
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण सोमबार, पुस १४, २०८२
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति सोमबार, पुस १४, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्