काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा बुटवलबाट पक्राउ परेका छन्।
नेता रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौं ल्याइँदैछ।
उक्त प्रकरणमा बुधबार मात्रै नेता रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।