काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेपछि संघीय संसद् सचिवालयले सूचना जारी गरेको छ।
बुधबार जारी सूचनामा वैशाख २४ गते बेलुका ४ बजेको बैठकमा उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।
यसैबीच, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो कम्बोडिया भ्रमण छोट्याएका छन्। वैशाख २४ गतेका लागि अधिवेशन आह्वान गरिएपछि उनी वैशाख २२ मै फर्किने उनको सचिवालयले जानकारी गराएको छ। उनी वैशाख २४ मा स्वदेश फर्किने कार्यतालिका थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।